शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

समस्या समाधान गरिएको भनिएको नयाँ नोट सेभेन पनि जहाजमै पड्कियो

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • केनटकी । पूरानो सामसुङ ग्यालेक्सी नोट सेभेनमा समस्या देखिएपछि त्यसलाई फिर्ता लिएर दिइएको नयाँ फोन पनि विमान भित्र पड्किएको छ । कम्पनीले नयाँ फोन र सुरक्षित भएको दाबी गरे पनि नयाँ नोट सेभेन साउथवेस्ट एयरलाइनको विमानमा पड्किएको बिबिसीले उल्लेख गरेको छ ।

    एयरलाइनले पनि केन्टनकीको लुइसभिलदेखिे बाल्टिमोरको मेरिल्याण्डसम्म उड्न पर्ने प्लेन घटनापछि खाली गराइएको पुष्टि गरेको छ ।

    गत अगस्तमा मात्र लञ्च गरिएको नोट सेभेन ब्याट्री तातेर पड्कन थालेपछि गत सेप्टेम्बरमा कोरियाली निर्माता कम्पनीले सबै नोट सेभेन स्मार्टफोनलाई फिर्ता गर्न आग्रहको थियो । त्यसपछि सामसुङले समस्या पत्ता लागेको र त्यो समाधान भएको भन्दै नयाँ फोनको बिक्री पुनः शुरु पनि गरेको थियो ।फोनका मालिक जोर्डन गोल्सनले उक्त फोन आफूले २१ सेप्टेम्बरमा किनेको बताए । उनका अनुसार उक्त फोन बन्द गरेर गोजीमा राख्दा तात्न थालेपछि उनले फोनलाई भुइँमा फालेका थिए । लगत्तै फोनबाट धुँवा आउन थालेको थियो ।

    सामसुङले पछिल्लो घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    ‘हामीले यस विषयमा साउथवेस्ट र सम्बन्धित अधिकारीहरुसँग कुरा गरेर उक्त फोनलाई झिकाएर अनुसन्धान गर्नेछौं र यसको कारण पत्ता लगाउनेछौं,’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

    फोनका मालिक जोर्डन गोल्सनले उक्त फोन आफूले २१ सेप्टेम्बरमा किनेको बताए । उनका अनुसार उक्त फोन बन्द गरेर गोजीमा राख्दा तात्न थालेपछि उनले फोनलाई भुइँमा फालेका थिए । लगत्तै फोनबाट धुँवा आउन थालेको थियो । त्यसपछि प्लेनबाट सबै यात्रुलाई निकालिएको थियो ।

    साउथवेस्ट एयरलाइन्सका प्रवक्ताका अनुसार एक यात्रुले आफ्नो विद्युतीय सामाग्रीबाट धुँवा आइरहेको बताएपछि सबैलाई यात्रुलाई मेन क्याबिनबाट सुरक्षितरुपमा विमानबाट निकालिएको थियो ।

    यसअघि अमेरिकाको उड्ययन प्राधिकरणले नोट सेभेन फोनहरु प्लेनमा चार्ज नगर्न र बन्द गर्न निर्देशन जारी गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij