बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

एसियाड पाराग्लाइडिङमा नेपालले जित्यो रजतपदक

  • प्रकाशित मिति : बुधबार, भदौ १३, २०७५



  • news

    जकार्ता, भदौ १३ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत् पाराग्लाइडिङको पुरुष क्रसकन्ट्रीमा नेपालले रजतपदक जितेको छ ।

    जकार्ता एसियाडमा बुधबार नेपालको पदकविहीन यात्रा तोडिएको हो ।

    पाराग्लाइडिङको पुरुष क्रसकन्ट्रीतर्फ पाँच चरणसम्म भएको खेल बुधबार सकिएको हो ।

    जसमा नेपालले समग्रमा ११ हजार ३६४ स्कोर गर्दै रजतपदक जितेको हो । जापानले समग्रमा ११ हजार ३९१ स्कोर गर्दै स्वर्णपदक हासिल गर्‍यो । आयोजक इन्डोनेसियाले समग्रमा १० हजार ८७३ स्कोर गर्दै कास्यपदक पायो ।

    पाँचौं चरणमा सबैभन्दा बढी २७ सय ९७ स्कोर नेपालले गर्‍यो । तर, जापानलाई उछिन्न सकेन ।

    एसियाली खेलकुदमा नेपालको यो दोस्रो रजतपदक हो । यसअघि, सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपालको तर्फबाट रजतपदक जितेकी थिइन् ।

    रजतपदक विजेता पाराग्लाइडिङको पुरुष क्रसकन्ट्री टिम इभेन्टका नेपाली खेलाडीहरु विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij