बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन

  • प्रकाशित मिति : शुक्रबार, भदौ १५, २०७५



  • काठमाडौं । रेडियो नेपालका पहिलो गायक, नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ ।

    १९८२ असोज २ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते बिहान १ बजेर ७ मिनेटमा निधन भएको हो ।

    शान्त रिमालले कतै तडकभडक नगरी सीधै आर्यघाट लगी अन्त्येष्टि गर्न आग्रह गरे बमोजिम उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म उनकै निवास नयाँ बानेश्वर ह्वाइटहाउस कलेज अगाडि राखिने उनका सबैभन्दा नजिकका शिष्य एवं चलचित्र निर्देशक–अभिनेता सम्राट सापकोटाले जानकारी दिएका छन् ।

    उनले ‘आमा’, ‘मनको बाँध’ ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा पनि अभिनय गरेका थिए । कला, गायन, निर्देशन, सङ्गीत र अभिनय सबैमा उनी अब्बल् थिए ।

    बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट चिनिएका थिए ।

    लामो समयदेखि अस्वस्थ्य भइ घरमै आराम गरिरहेका रिमालका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

    २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij