मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विश्वमा शारीरिक परिश्रम नगर्ने मानिसको संंख्या १ अर्ब ४ करोड

  • प्रकाशित मिति : बुधबार, भदौ २०, २०७५



  • news

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वमा शारीरिक परिश्रम नगर्ने मानिसको संंख्या १ अर्ब ४ करोड रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

    १ सय ६८ मुलुकका १९ लाख मानिसमा गरिएको जनस्वास्थ्यसम्बन्धी प्रतिवेदन संगठनले सार्वजनिक गरेको हो ।

    संगठनले सबैभन्दा बढी बेलायती र अमेरिकीले शारीरिक परिश्रम नगर्ने गरेको जनाएको छ ।

    प्रतिवेदनमा शारीरिक परिश्रमका लागि उत्साहित बनाउने प्रयास निकै कम भएको उल्लेख छ ।

    शारीरिक परिश्रमको कमिका कारण मुटु रोग, मधुमेह, अनेकौं किसिमका क्यान्सर लगायत स्वास्थ्यसम्बन्धी जोखिम अत्याधिक रहेको पाइएको छ ।

    शारीरिक परिश्रम नगर्नेमा उच्च आय भएका बेलायती नागरिक अग्रस्थानमा परेका छन् ।

    बेलायतका ३२ र अमेरिका ३७ प्रतिशत व्यक्ति शारीरिक व्यायाममा निस्कृय रहेको प्रतिवेदनमा उल्लेख छ ।

    एसियाका दुई क्षेत्र बाहेकका विश्वका अधिकांश मुलुकमा पुरुषको तुलनामा महिलाको शारीरिक परिश्रम अत्यन्त कम रहेको स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij