मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तीजको दर खाँदा सयौं गाउँले बिरामी

  • प्रकाशित मिति : शनिबार, भदौ २३, २०७५



  • news

    बनेपा, भदौ २३ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२, काँसकोटमा रहेको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाउँका सयौं महिला–पुरुष बिरामी परेका छन् ।

    दर खान गएकी गीता खनालले भनिन्–‘गाह्रो भएर कोही सुतिरहनु भएको छ, कोही अस्पतालमा लगिसकेको र कोही ल्याउनेक्रममा रहेको छ ।’

    अर्का बिरामी पाँचखाल नगरपालिका–९, भेटवालथोकका देवकुमारी भेटवालले सहकारी संस्थाको आयोजनामा भएको दर खानेक्रममा बिरामी परेको बताइन् ।

    ‘सबैजना नै मिलेर पकाएर खाएका हौं । खै के भयो ? खाएपछि सबैजसो बिरामी पर्न थाल्यौं’–उनले भनिन्–‘खानामा चना, केराउ, पुलाउ, पनिर र मुलाको अचार वितरण गरेको थियो ।’

    पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गाउँमा सहकारीले आयोजना गरेको तीजको भोज दर खाँदा गाउँभरिका मानिस बिरामी परेको र उपचारका लागि स्वाथ्य शिविर खडा गरी उपचार गराइरहेको बताए ।

    खरेलले भने–‘झन्डै ३०० भन्दा बढी नै बिरामी भएको अवस्था छ । केहीको बनेपा र धुलिखेलमा उपचारका लागि पठाइसकेको र बाँकीको गाउँमा नै उपचारका लागि पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र धुलिखेल अस्पतालको स्वास्थ्यकर्मीको टोलीले उपचार गराइरहेको छ ।’

    जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीकाअनुसार घटनास्थललगायत पाँचखालमा भएको पोलिक्लिनिक, बनेपा र धुलिखेलका अस्पतालमा गरी २०० भन्दा बढीको उपचार भइरहेको छ ।

    कोही आफ्नै ढंगले उपचार गरी घर फर्किसकेको र कोहीको गाउँमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सामूहिक भोजमा भएका कारण एकैपटक धेरैजसो बिरामी परेकाले सबैजसो ठाउँमा उपचार भइरहेको हुँदा संख्या एकीन हुन नसकेको गिरीले बताए ।

    उनकाअनुसार नजिकै रहेको इनार र कुवाको पानी प्रयोग गरेको भन्ने स्थानीय बासिन्दाले जानकारी दिएकाले ती ठाउँमा भएको पानी झिकेर फाल्ने तयारी भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काकाअनुसार धुलिखेल सामुदायिक अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई काठमडौंस्थित सिभिल हस्पिटलमा पठाइसकेको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भइरहेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij