बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

स्यार्पुतालमा आन्तरिक पर्यटकको संख्या बढ्दै

  • प्रकाशित मिति : बुधबार, भदौ २७, २०७५



  • रुकुम पश्चिम, भदौ २७ । रुकुम पश्चिमको बाफीकोटमा रहेको प्रसिद्ध स्यार्पुतालमा पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।

    पर्यटन प्रवर्द्धनका लागि भन्दै २०६७ साल यता हरेक वर्ष असोज महिनामा पर्यटन मेला लाग्ने गरेपछि स्यार्पुतालको प्रचारप्रसार हुँदा आन्तरिक पर्यटक बढेका हुन् ।

    रुकुमको पहिचानको रुपमा रहेको प्रसिद्ध स्यार्पुतालको सौन्दर्यले पर्यटकलाई लोभ्याउने गरेको छ । वर्षातको समयमा झनै सुन्दर देखिने यो तालमा डुंगा शयर गर्न धेरै पर्यटक पुग्ने गर्दछन् ।

    स्यार्पुतालमा आधुनिक डुंगा सञ्चालनमा ल्याइएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ । तालको चारैतर्फ मिलेर बनेका बस्ती, नजिकै रहेको स्यानीदह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पुसम्म पुग्दा सोही बाटो भएर सुसाउँदै बहने सानीभेरी नदीको दृश्यले स्यार्पुको महत्वलाई अझै बढाएको छ ।

    स्थानीय तहको जनप्रतिनिधिहरुले पनि तालको संरक्षणमा चासो देखाउँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij