बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मानवीय गुणहरूकाे वर्गिकरण

  • प्रकाशित मिति : बुधबार, भदौ २७, २०७५



  • दीपक घिमिरे

    शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व भोजनमा पाईन्छ । मानिसको शरीरलाई स्वस्थ राख्न विभिन्न पोषक तत्वको आवश्यकता पर्छ । शरीरलाई आवश्यक पोषक तत्वहरू कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, खनिज पदार्थ तथा पानी लगायत रहेका हुन्छन् ।
    एउटै मात्र खानाले शरीरमा चाहिने सम्पूर्ण पोषक तत्व प्राप्त गर्न सकिँदैन । त्यसैले सबै किसिमका पोषक तत्वयुक्त खानामा समावेश हुनुपर्छ । जसले गर्दा शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्वहरु आवश्यक मात्रामा पूर्ति हुने गर्छ । यी तत्वहरूले हाम्रो शरीरका कोष तथा तन्तुलाई राम्रोसँग काम गर्न सघाउने भएकाले हाम्रो शरीर स्वस्थ रहन्छ।

    भोजन लगायत मानवीय गुणहरूलाई तीन श्रेणीमा बाँडिएको छ ः
    सात्विक,
    राजसिक 
    तामसिक ।

    १. सात्विक ः

    सात्त्विक भोजन गर्दा शान्ति, संयम, पवित्रता र आनन्द जस्ता गुण विकसित हुन्छन् । परिश्रम पूर्वक आफनै धनद्धारा ल्याएका पवित्र खादयपर्दाथहरु सात्विक भोजनमा पर्दछन् । गाईको दुध र गाईको दुधबाट बनेका सबै परिकारहरु घ्यु, गहुँ, चामल जौ, मुग, हरियो पात भएको साग, घिरौंला, लौका, आदि सात्विक भोजन अन्तर्गत पर्दछन् ।
    सात्विकमा आलु, बदामको तेल, मिलको तेल , धनीयाँ, जिरा, ज्वाँनो, बेसार , बदाम, सुक्मेल, किवी, अमला , एसैलु , केरा, नस्पाती, मेवा, खरभुजा, लिच्ची, अमला, भुईंकटहर, सुन्तला, कटुस, ओखर, नरिवल, चमेली, गुलाफ, राजमा सिमल, तरुल , करेलो , इस्कुस , आकासबाट परेको पानी , वरेला, उुखु आदि पर्दछन् ।

    सात्विक स्थानहरुः नदीको किनारा , गौशाला, मन्दिर तिर्थ, धाम, पहाडको टुप्पो, पहाडको गुफा, लामखुट्टे नलाग्ने सुन्दर हरियो बन, फुलबारी, आँपको रुख छेउछाउ, समि वृक्ष असपास, पिलको रुख वरिपरि, तुलसीको मठ आसपास पर्दछन् ।

    सात्विक व्यक्तिहरुः माता,पिता, सन्त, सदगुरु , धार्मिक, कवि , ब्राहमण , धार्मिक गुरु,आध्यात्मिक प्रशिक्षकहरु, सेवा गर्ने व्यक्तिहरु, बाहुन, कृषक, आध्यात्मिक र कृषि वैज्ञानिकहरु लगायत पर्छन् ।
    रंग स् सात्विक रंगहरुमा सेतो, पहेंलो, गेरुवा, गोल्डेन , रेशमी उनीको जुटपाट, हनुमानको टिका, सुन चाँदी तामा पर्दछन् ।

    २. राजसी भोजन ः

    राजसी भोजनले एकोहोरोपन जस्ता गुणमा वृद्धि हुन्छ । तीतो अमिलो, नुनिलो, पिरो, रुक्ष डाहावाला, मसालेदार, अचार आदि राजसी भोजनमा पर्दछन् । व्यापारबाट आएको धनले किनको फल तथा अन्नहरु पनि राजसी हुन्छन् । चिया, कफी , आइसक्रिम पापड , गुन्द्रुक, टमाटर , भैंसीको दुध, मुला, मेथी, मरिच, ल्वाङ, गाजर, फुलगोपि, आँप , अनार , इस्ट्बेरी, चिनी , मह, भोगटे, कागती भिन्डी, रायो , फर्सीको मुन्टा लगायत राजसी भोजनमा पर्दछन् ।
    राजसी स्थानहरुस् सरकारी भवन , विद्यालय, गाँउघर, सहर, झिलीमिली सजाएको ठाँउ राजसी हुन् ।
    व्यक्तिहरुस् नेताहरु, क्षेत्री , लोक गायक, नाट्यकार, नृत्यकार, हाँस्यकार चित्रकार ,डकर्मी, सिकर्मी, खेलाडी व्यापरी, भाँडा बनाउने लगायत ।

    रङहरुः

    झिलीमिली, नौं रंग, हरियो, सुन्तला, मिश्रित रंग, मिश्रित कपडा, पितल, काँस आदि पर्दछन् ।
    ३.  तामसिक ः
    भोजन गर्दा चाहिँ क्रोध, एकोहोरोपन, अहंकार र विनाश जस्ता अवगुणमा वृद्धि हुन्छ । अरुलाई दुःख दिएर आर्जन गरेको धन तामसिक धन हो । अरुलाई दुःख दिएर कमाएको सबै कुरा तामसी नै हुन्छन् । सकेसम्म सुख्खा भोजन भुटेको मकै भटमास तामसी हुन्छ ९मैदाबाट बनेको बिस्कुट, चाउमीन , पाउरोटी आदि० धेरै दिन देखि बनाएर राखेको भोजन वा खानेकुरा पनि तामसी नै हुन्छ । माछा(मासु जाँड, रक्सी, तमाखु , गुडका अण्डा बासी भोजन तितो पिरो टर्रो , दुर्गन्धयुक्त किराले खाएको, अपवित्र, प्याज, लसुन, सलगम, सुपारी आलसको तेल, पिँडालु ,कर्कलो, वैतरणी श्राद्ध शनि दशा निवारण्को कार्य ,गधा , घोडा परेवा , कुखुरा , काग यी सबै कुरा तामसी हुन् ।

    तामसिक स्थानहरु स् वेश्यालय, कलकारखाना, अण्डा पसल, माछा मासुको पसल, जुवा तास खेलिरहेको स्थान, उराठ लाग्दो, झगडा परिरहने, अदालत, अस्पताल, मुर्दाघर, मरुभूमि, भट्टी, आगो, पहिरो लगायत ।
    रंग ः

    कालो, ध्वासे खैरो , गाढा निलो, वैजनी, कलेजी लगायतका रङहरू र छालाका कपडाहरु ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij