बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

माफी मागेपछि छुटे कलाकार देशभक्त खनाल

  • प्रकाशित मिति : बिहिबार, भदौ २८, २०७५



  • चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका बरिष्ठ कलाकार देशभक्त खनाल रिहा भएका छन् ।

    उनले फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै स्टाटस लेखेपछि उनलाई मंगलबार प्रहरीले बोगटीको उजुरीको आधारमा पक्राउ गरेको थियो ।

    बुधवार महानगरीय प्रहरी परिसर टेकुमा अध्यक्ष बोगटीसँग माफी मागेपछि साढे १ बजे उनी छुटेका हुन् ।

    उप्रान्त कसैको चरित्र हत्या नगर्ने र फेसबुकमार्फत् माफी माग्ने कागजी सम्झौता पश्चात् प्रहरीले उनलाई छाडेको हो ।

    कलाकार खनालले रिहा भए लगत्तै फेसबुकमा ‘मैले २०७५ साल भाद्र २२ गते आफ्नो फेसबुक पेजमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रामकेशर बोगटी ज्यूका बारेमा मैले आबेशमा आइ अनाबश्यक शब्द म बाट लेखिन गै गल्ती हुन गएकोले म सार्वजनिक रुपमा सामाजिक संजाल मार्फत क्षमा याचना माग्दछु ।’ लेखेर माफी मागेका छन्।

    कलाकार संघका अध्यक्ष रामकेशर बोगटीसँग माफी मागेका छन् । आवेशमा आएर अनावश्यक शब्द लेखिन गएको भन्दै उनले क्षमा मागेका छन् ।

    केही दिन अगाडि उनले अध्यक्ष बोगटी भू-माफिया र भयानक ठग भएको भन्दै स्टाटस लेखेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij