बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

  • प्रकाशित मिति : शुक्रबार, भदौ २९, २०७५



  • म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्रहँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक बुधबार बिहानदेखि अवरुद्ध बनेको छ ।

    अन्नपूर्ण गाउँपालिका ३ दानास्थित रुप्से खण्ड र थासाङ गाउँपालिका ४ घाँसामा पहिरोले सडक बगाएपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सवारी आवतजावत बन्द भएको हो ।

    रुप्से झरना नजिकै करिब दश मिटर सडक पहिरोले बगाएको छ भने मोटरेबल पुल नजिकै माथिबाट खसेको पहिरोले सडक पुरिएको छ ।

    रुप्सेखोलामा आएको बाढीले मोटेरबल पुलको एकतर्फको जगलाई क्षति पुर्‍याएको छ ।

    एक्साभेटर प्रयोग गरेर सडक मर्मतको काम भइरहेको बेनी– जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंङ शेरचनले बताए ।

    शनिबारसम्म सडक खुलाउन सकिने उनको भनाइ छ । सडक अवरुद्धहुँदा स्थानीयबासीका साथै मुस्ताङ जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij