मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

लसुनको पाइदा

  • प्रकाशित मिति : शनिबार, भदौ ३०, २०७५



  • लसुन प्राय सबैको भान्सामा पाइने एक प्रकारको सब्जी तथा मसला हो । लसुन खानाले हुने फाइदाका बारेमा हामी मध्ये धेरैलाई जानकारी नहुन सक्छ । तथापी हामी लसुन सब्जी तथा मसलाका रुपमा प्रयोग गर्ने गर्दछौं। आज हामी तपाईंहरुलाई लसुन खानाले हुने फाइदाहरुका बारेमा जानकारी गराउँदै छौं । लसुन काँचो तथा यसलाई मसलाको रुपमा हामी मध्ये धेरैले प्रयोग गर्दै आएका छौं । तर यही लसुनलाई पोलेर खाने गरेमा विशेषगरी पुरुषका लागि यो अत्यन्तै फाइदाजनक साबित हुने गरेको अनुसन्धानले साबित गरेको छ।

    लसुनको पाइदा
    आयुर्वेदमा लसुनका बारेमा अनेकौं फाइदा उल्लेख गरिएको छ। हामी मध्ये धेरैले लसुनलाई फरक फरक तरिकाले प्रयोग गर्ने गर्दछौं। कसैले यसलाई काँचो प्रयोग गर्ने गरेका छौं भने अरुले यसलाई सब्जी तथा अचारको रुपमा पनि प्रयोग गर्ने गर्दछन्। तर लसुनलाई पनि पोलेर खान हुन्छ र १ भन्ने विषयमा धेरैको जिज्ञासा हुनसकछ।

    लसुनमा सल्फर नामक तत्वको मात्रा अत्यधिक हुन्छ। यसमा एलिसिन नामक तत्वको पनि मात्र उपलब्ध हुन्छ । अनि यीनै गुणका कारण लसुनले किटानुनासक तत्वालाई नष्ट पारिदिन्छ । यसमा उपलब्ध फंगल सँग लड्ने ताकत तथा रोगसँग लड्न सक्ने क्षमताका कारण कैयौं रोगका बिरुद्ध लसुनले रामबाणको काम गर्छ । अनि लसुनमाथि गरिएको एक अनुसन्धानले के देखाएको छ भने, यसमा लुकेको फाइटकेमिकल पुरुष स्वास्थ्यका लागि अति फाइदा जनक हुन्छ । उसो त आयुर्वेद चिकित्सकहरु प्रायजसो पुरुषहरुलाई राती भुटेको लसुनको ४/५ केस्रा खान सल्लाह दिन्छन् ।

    आउनुहोस् लसुनकोे फाइदाका बारेमा जानकारी लिउ

    १. सेक्स हर्मोन बनाउछ

    लसुनमा एलिसिन नामक तत्व उपलब्ध हुन्छ, जसले पुरुषको सेक्स हर्मोनलाई बलियो र ठीक बनाउछ । यसको प्रयोगले पुरुषमा यौन दुर्बलता ठीक हुन्छ । अनि लसुनमा उपलब्ध सेलेनियम तथा अत्यधिक मात्रामा उपलब्ध भिटामीनले बीर्यको मात्रा ढाउनुका साथै गुणमा बृद्धी हुन्छ ।

    २. क्यान्सरबाट बचाउँछ

    लसुन प्रयोग गर्नाले शरीरमा तापमान तथा गर्मी उपलब्ध हुन्छ र चीसोबाट बचाउँछ । साथै यसमा क्यान्सरसँग जुध्न सक्ने शक्ति पनि उपलब्ध हुन्छ। लसुनलाई विशेषगरी प्रोस्टेट र ब्रेष्ट क्यान्सरबाट बचाउन सक्ने अचुक ओखतीको रुपमा लिइन्छ।

    ३. मुटुलाई बलियो बनाउँछ

    भुटेको लसुनले ब्लड प्रेसर पनि नियन्त्रण गर्छ । त्यसैले उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसरले ग्रसित व्यक्तिका लागि भुटेको लसुन सेवन गर्न सल्लाह दिने गरिन्छ, किनकि यसले बीपी (ब्लड प्रेसर) लाई नियन्त्रण गर्छ ।

    ४. पेटमा हुने समस्यालाई निको पार्छ

    यदि तपाईको पेटमा समस्या छ वा चांडै इन्फेक्शनको शिकार हुनुपरेको छ भने, भुटेको लसुन खानुहोस्। यसको सेवन गर्नाले छाती पोल्ने समस्या, बान्ता तथा पेटमा हुने खराबी लगायतका समस्याहरु चाँडै हराएर जान्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij