बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

धनगढीमा मनोमानी ढंगले घरभाडा असुल्ने घरधनीले कर तिरेनन्

  • प्रकाशित मिति : आइतवार, भदौ ३१, २०७५



  • news

    कैलाली । प्रदेश ७ को अस्थायी राजधानीसमेत रहेको धनगढीका अधिकांश घरधनीले घरभाडाबापत्को कर नतिरेको पाइएको छ ।

    घरभाडा भने मनलाग्दी असुल गर्ने तर सोहीअनुसार कर नतिर्ने प्रवृत्तिका कारण  यो वर्ष निकै कमले मात्र घरबहाल कर तिरेको देखिएको छ ।

    गत चैतसम्म आन्तरिक राजश्व कार्यालयले लिने गरेको घर बहाल कर हाल स्थानीय तहले नै उठाइरहेका छन् ।

    धनगढी उपमहानगरपालिकाले गत आर्थिक बर्षमा घर बहाल करबाट १६ लाख ३० हजार राजश्व संकलन गरेको थियो ।

    तर यो वर्ष भने अहिलेसम्म  १ सय ५० जनाले मात्रै घर बहाल कर तिरेका छन् ।

    जसबाट व्यवसायको लागि घर भाडामा दिनले कर नतिरेको देखिएको छ ।

    यस विषयमा सरकार र राजनीतिक दलहरूले ध्यान नदिँदा राजश्वको ठुलो हिस्सा चुहावट भइरहेको अर्थविद शिवहरी मुडभरी बताउँछन् ।

    हुन त सरकारले घरबहाल कर सबै स्थानीय तहले उठाउनुपर्ने नीति पनि ल्याएको छ ।

    यसअघिको स्थानीय स्वायत्त शासन ऐन अनुसार २ प्रतिशत स्थानीय तहले र १० प्रतिशत केन्द्र सरकारले घरबहाल कर उठाउने प्रावधान थियो ।

    पहिले व्यवसायीले आन्तरिक राजश्व कार्यालयमा  कर तिर्दा घरबहाल तिरेको प्रमाण खोज्ने भएकोले बाध्य भएर तिर्दथे ।

    तर अहिले त्यस्तो नभएकोले कर उठाउन समस्या भइरहेको छ ।

    यता,धनगढी उपमहानगरपालिकाका आन्तरिक लेखा परिक्षण अधिकृत लेखनाथ ओझाले गत बर्षसम्म आन्तरिक राजश्व कार्यालयमा कर बुझाइरहेकोले उपमहानगरले राजस्व कम उठाएको बताउँछन् ।

    पछिल्लो समय धनगढीमा ३० प्रतिशतभन्दा बढी मानिस भाडामै बसेको आँकलन छ ।

    भदौ १ गतेदेखी लागु भएकोे मुलुकी ऐनमा करको विषयमा घरधनी र भाडामा बस्नेले सुरुमै सम्झौतामार्फत् स्पष्ट पार्नुपर्ने प्रावधान छ ।

    तर घरधनीलाई उठेको भाडाको १० प्रतिशत कर तिर्ने बानी परिसकेको छैन ।

    यसकारण पनि कर चुहावट रोक्नको लागि स्थानीय तह थप चनाखो बन्नुपर्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij