मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बाके जिल्लाको एक वडालाई पुर्ण खोप सुनिश्चित वडाको रुपमा घोषण

  • प्रकाशित मिति : सोमवार, अशोज १, २०७५



  • मधु पौडेल , बाँके । बाके जिल्लाको एक वडालाई पुर्ण खोप सुनिश्चित वडाको रुपमा घोषण गरीएको छ । नेपालगंज उपमहागरपालिका वडा नं. २२ लाई पुरैनी पुर्ण खोप सुनिशिचतता भएको वडा घोषण गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष एवं जिल्ला खोप समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तले आयोजित समारोहमा घोषण गरेका हुन ।

    वडा भित्रका ० देखि २३ महिना उमेर समुहका सबै बालबालिकाहरु आवश्यक सबै खोप प्राप्त गरिएको हुँदा आज वडा अध्यक्ष विद्या राम बर्माको अध्यक्षतामा आज वडालाई प’र्ण खोपय’क्त वडाको रुपमा घोषण गरिएको हो ।
    नेपालगंज उप महानगरपालिका वडा नं. २२ खोप समन्वय समितिले आयोजना गरेका कार्यक्रममा प्रमुख अथिति अजय कुमार श्रीवास्तवले सबै बालबालिकाहरुलाई खोप सेवा प्रदान गर्न सफल भएको आबद्ध सबैलाई बधाई तथा शुभकामना व्यक्ति गरेका थिए ।.

    कार्यक्रममा नेपालगंज उप महानगरपालिकाका निम्त प्रमुख कार्यकारी अधिकृत मन प्रसाद रेग्मीले शिक्षा र स्वास्थ्य बालबालिकाहरुको लागि एकदमै महत्वपुर्ण विषय भएको हुँदा यसको लागि सबै जना सक्रिय रुपमा लागु पर्ने बताए ।

    घोषण समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालयका खोप इन्चार्ज केशव राज गौतम, नेपालगंज उपमहागरपालिका खोप समितिका सचिव हरिहर तिवारी, नेपाली काँग्रेसका महासमिति सदस्य राज कुमार बर्मा, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिपेन्द्र सिंह ठाकुरी, उप स्वास्थ्य चौकीका प्रमुख बसन्त देवकोटा लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

    सो अवसरमा महिला स्वास्थ्य कार्यकर्ता, स्वास्थ्य चौकीका कर्मचारी सहयोगी संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो . कार्यक्रममा सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल बाँके, बाँके युनेस्को क्लब र गे?वा ग्रमीण जागरण संघले सहयोग गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij