शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

७५ ओटै जिल्लामा नेपाल टेलिकमको थ्रीजी सेवा

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३



  • काठमाडौँ  । नेपाल टेलिकमले ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

    डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत सो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गते उक्त सेवा सञ्चालन आरम्भ गरेको हो ।

    टेलिकमले जीएसएम मोबाइलमा थ्रीजी सेवा विसं २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडाँै उपत्यकाको चक्रपथभित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा पछि सबै जिल्लामा विस्तार गरेको हो । थ्रीजी सेवामार्पmत उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

    टेलिकमले दसैँ, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुबैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीने हाल प्रति एमबी ७ पैसासम्ममा रात्रि डाटा प्याकेज उपलब्ध गराइरहेको जनाएको छ ।

    रात्रि डाटा अफर राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । सो सेवाअन्तर्गत रु ४० मा ५०० एमबी र रु ८५ मा एक हजार २०० एमबी डाटा प्रयोग गर्न सकिनेछ । रात्रि डाटा अफर आगामी पुस १५ गतेसम्म उपलब्ध गराइने बताइएको छ ।

    त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफरअन्तर्गत १०० एमबीको डाटा रु ५० मा र २५० एमबीको डाटा रु १०० मा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन सक्नेछन् । उक्त अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ गतेदेखि २१ गतेसम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij