बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सरकार र हड्तालमा उत्रिएका चालकहरुबीच ८ बुँदे सहमति, सार्वजनिक यातायात सुचारु

  • प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०७५



  • काठमाडौं, असोज ५ । सरकार र हड्तालमा उत्रिएका चालकहरुबीच ८ बुँदे सहमति भएपछि चार दिनदेखि ठप्प रहेको सार्वजनिक यातायात सुचारु भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार दिउँसो भएको वार्तामा चालकहरुले राखेका मागहरु सम्बोधन गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

    सार्वजनिक यातायातका चालक तथा मजदुरहरुले गत महिना जारी अपराध संहितामा गरिएको व्यवस्थाप्रति आपत्ति जनाएका हुन् ।

    उक्त कानुनी प्रावधान संशोधन गर्नुपर्ने भए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कानुन मन्त्रालयसँग समन्वय गरेर अघि बढाउने सहमति भएको हो ।

    अरु मागहरुसम्बन्धी ज्ञापनपत्र गृह, भौतिक पूर्वाधार तथा यातायात र कानुन मन्त्रालयमा पठाउने सहमति पनि भएको छ ।

    आन्दोलनको संयोजक रहेका वसन्त शर्मा, सहसंयोजक अर्जुन अधिकारीसहितको टोली बिहीबार राति काठमाडौं आएको थियो ।

    प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले चालकहरुले उठाएका माग सम्बोधनका लागि अध्ययन गर्ने प्रतिबद्धता जनाएको र उनीहरु सवारी–साधन सन्चालन गर्न सहमत भएको जानकारी दिए ।

    वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र कानुन मन्त्रालयका सचिव राजीव गौतम सहभागी थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij