बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नागरिक उड्डयन प्राधिकरण विभाजन गर्न नयाँ ऐन बन्ने

  • प्रकाशित मिति : शनिबार, अशोज ६, २०७५



  • सरकारले नागरिक उड्डयन क्षेत्रको नियमक र सेवाप्रदायक विभाजन गर्न नयाँ कानून बनाउने भएको छ। मन्त्रिपरिषद्को बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलाई नागरिक उड्डयन प्राधिकरण संचालनसम्बन्धी नयाँ ऐन बनाउन सैद्धान्तिक सहमति दिएको हो।

    हाल नेपालमा हवाई क्षेत्रको नियमन, विमानस्थल निर्माण र संचालन गर्दै आएको प्राधिकरणको सेवाअनुसार विभाजन गर्नको लागि ऐन बनाउने सैद्धान्तिक सहमति दिइएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।

    नियमक र सेवाप्रदायक एउटै हुँद गुणस्तरीय सेवा प्रवाह नभएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रबाट चसो व्यक्त भइरहको भन्दै प्राधिकरण विभक्त गर्नुपर्ने आवाज उठ्दै आएको थियो।

    यसअघि ऐनको मस्यौदा बनेर कानून मन्त्रालयसम्म पुगेर पनि फर्किएको थियो। उक्त मस्यौदाले सबै समस्या नसमेटेको भन्दै नयाँ बनाउनेगरी मन्त्रालयले काम अघि बढाएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij