बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

अपहरणमा परेका भनिएका डा. यादव समातिए

  • प्रकाशित मिति : बुधबार, अशोज १०, २०७५



  • news

    लहान, असोज १० । सिरहाको लहानबाट मंगलबार साँझ अपहरणमा परेका भनिएका डा. सुभाष यादवलाई मंगलबार राति ११ बजे प्रहरीले फेलापारेको छ ।

    सप्तरीको मल्हनिया–२ निवासी डा. यादवलाई प्रहरीले सर्लाहीको नवलपुरमा फेलापारेको हो ।

    अर्की युवतीसँग प्रेमविवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुटाउनका लागि डा. यादवलाई विगत एक महिनादेखि लहानमै राखिरहेका थिए ।

    मंगलबार साँझ बजार घुम्न निस्किएका डा. यादव जिपमा चढेर एकाएक फरार भएपछि अपहरणको हल्ला चलेको थियो ।

    सम्पर्क हुन छाडेपछि उनका आफन्तले अपहरणमा परेको हुनसक्ने भन्दै प्रहरीमा खबर गरेका थिए ।

    अपहरणमा परेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले डा. यादवलाई सर्लाहीको नवलपुरमा चेकजाँचकाक्रममा फेलापारेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

    यादवसँगै उनलाई भाग्न सहयोग गर्ने एक सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij