बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

भूकम्पपीडितलाई सहुलियत ऋण

  • प्रकाशित मिति : बुधबार, अशोज १०, २०७५



  • news

    काठमाडौं, असोज १० । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग निजी आवास पुनःनिर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण काम सुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् ।

    मन्त्रिपरिषदबाट पारित ‘सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार घर बनाउन नसकेका भूकम्पपीडितले निजी आवास पुनःनिर्माणका लागि अधिकतम् पाँच वर्षका लागि ऋण लिनसक्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले बताए ।

    सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशत विन्दुभन्दा बढी ब्याज लिन पाउँदैनन् ।

    यो कर्जामा बैंक तथा वित्तीय संस्थाले ब्याजबाहेक अन्य कुनै प्रकारको थप सेवा शुल्क लिन पाउने छैनन् ।

    बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितको निजी आवास पुनःनिर्माण कर्जा सामूहिक वा धितो जमानीमा प्रवाह गर्नेछन् ।

    प्राधिकरणका प्रवक्ता घिमिरेले आर्थिक अभावका कारण घर निर्माण सुरु गर्न नसकेका खासगरी निम्नमध्यम वर्गका लाभग्राहीका लागि सहुलियतपूर्ण कर्जा उपयोगी हुने बताए ।

    ‘दसैं–तिहारपछि निजी आवास पुनःनिर्माणको मौसम सुरु हुन्छ । यो कर्जाले आर्थिक अभावका कारण घर निर्माण अघि बढाउन नसकेका लाभग्राहीलाई राहत दिनेछ’–उनले भने ।

    यस्तो ऋण लिन कार्यविधिले केही सर्त भने राखेको छ ।

    कर्जा प्राप्त गर्न लाभग्राहीले निजी आवास अनुदानबाहेक अन्य संस्थागत अनुदान नलिएको हुनुपर्छ ।

    हालसम्म निर्माणकार्य सुरु गर्न नसकेका भूकम्पपीडितमात्र यसका लागि योग्य हुन्छन् ।

    ऋणी वा निजको परिवारको नाममा देशभर कुनैपनि स्थानमा बस्नयोग्य अर्को घर नभएको हुनुपर्ने प्राधिकरणले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij