बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सुरु

  • प्रकाशित मिति : मङ्लबार, अशोज १६, २०७५



  • काठमाडौं, असोज १५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम गरेर विदेशबाट फर्कनेहरुको लगत राख्नका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सुरु गरेको छ ।

    सोमबार वैदेशिक रोजगार विभागमा श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीले उक्त प्रणालीको उद्घाटन गरी सुरुआत गरेका हुन् ।

    प्रणालीमार्फत् रोजगारदाताहरुको वास्तविक र पूर्णविवरण प्रविष्ट हुने भएकाले सूचना प्रणालीलाई व्यवस्थापन गर्नसमेत उक्त प्रणालीको भूमिका रहने उनले उल्लेख गरे ।

    यस व्यवस्थासँगै श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियामा हुनसक्ने लापरबाही र नक्कली कागजात बनाइ ठगी गर्ने प्रवृत्तिको अन्त्य गर्न सहज हुने वैदेशिक रोेजगार विभागले जनाएको छ ।

    यस प्रणालीले गर्दा कामदारको विवरण फरक नपर्ने, पासपोर्ट नम्बरलाई आधार बनाएर श्रम स्वीकृति प्रदान गर्दा श्रम स्वीकृतिको प्रक्रिया छरितो र सहज हुने मन्त्रालयले जनाएको छ ।

    वैदेशिक रोजगारबाट फर्केकाहरुको फोटो र औंठाछापसमेत रहने यस प्रणालीको सुरुआतसँगै उजुरी र गुनासा पनि सम्बोधन गर्न सहज हुने मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij