मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘महिलाहरुको सीप र दक्षता विकास गरी अघि बढाउन जरुरी’

  • प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५



  • काठमाडौं, असोज १९ । महिला, बालबालिका, तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले देशभरका महिलाहरुको सीप र दक्षता विकास गरी अघि बढाउन जरुरी रहेको बताएकी छन् ।

    शुक्रबारदेखि काठमाडौंमा सुरु बिक्री तथा प्रदर्शनी मेलाको उद्घाटन गर्दै मन्त्री थापाले महिला सशक्तिकरणको मुद्दालाई प्राथमिकतामा राखेर कार्यक्रमहरु ल्याउनुपर्ने बताइन् ।

    कार्यक्रममा इमेज ग्रुप अफ कम्पनीज्की उपाध्यक्ष इन्दिरा मानन्धरले महिलाहरु आत्मनिर्भर हुन सीपमूलक र व्यवसायी बन्न जरुरी रहेको बताइन् । उनले महिलाहरुलाई उद्यमी र व्यवसायी हुन सुझाव दिइन् ।

    मेलामा तयारी पोसाक, हस्तकलाका सामाग्री, खाद्य सामाग्री, गरगहना तथा विभिन्न खानाका परिकारका ९० स्टलहरु राखिएका छन् ।

    मेला तीन दिनसम्म चल्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij