मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बाँकेमा ट्रक र माइक्रो ठोक्किँदा ६ को मृत्यु

  • प्रकाशित मिति : शनिबार, अशोज २०, २०७५



  • ट्रक र माइक्रो एकआपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ।

    दाङबाट नेपालगन्जतर्फ आइरहेको रा १ ख १६६२ माइक्रोभ्यान र पश्चिमबाट पूर्वतर्फ गइरहेको ले १ ख ७७२९ नम्बरको ट्रक पूर्वपश्चिम हाइवेमा ठोक्किँदा ६ जनाको मृत्यु बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेतोपाटीलाई जानकारी दिएका हुन्।

    घटनामा घाइते १७ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

    भुजेलका अनुसार घटनस्थलमा माइक्रो चालक र ३ महिला यात्रुको निधन भएको हो भने थप दुई जनाको उपचारका क्रममा निधन भएको हो।

    दुर्घटना राप्ती सोनारी गाउँपालिका-२ को मुगुवा खोलाभन्दा पूर्वपट्टी पर्छ। घटनाको विस्तृत विवरण केहीबेरमा थाहा हुने जानकारी पनि उनले सेतोपाटीलाई गराएका छन्।

    प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिइसकेको भुजेलले बताए। घटना बिहान ८ बजेर ५५ मिनेटमा भएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij