मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दसैँमा मुटु रोगीले के खाने नखाने ?

  • प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३



  • दसैँमा चिल्लो, अल्कोहल र धुमपान धेरैले प्रयोग गर्ने चलन छ । तर, मुटुका लागि सबैभन्दा ठूलो समस्या नै यी तीन चिज हुन् । यी तीन चिज एकैपटक धेरै हुँदा खतरा झनै बढी हुन्छ । दसैँले ननिम्त्याओस् मुटुमा दशा भन्दै डा. राजीवराज भण्डारीले यस्ता सुझाब दिएका छन्ः

    चिल्लो बढी चिल्लो र अस्वस्थकर खानाले कोलेस्ट्रोल बढ्ने, मोटोपना बढ्ने, मधुमेहको सम्भावना हुन्छ । ती समस्याले मुटुको धमनीमा बोसो जम्ने र पछि बढ्दै गएर मुटुको धमनी शतप्रतिशत बन्द हन्छ । गह्रौँ भारी बोक्दा तत्कालै समस्या देखिन्छ भने यसलाई एल्जाइना भनिन्छ । हृदयघात र एल्जाइनाको समस्या भनेको पहिले कोलेस्ट्रोल जम्ने र पछि रगत जम्ने हुन्छ । यसका लागि पहिले जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ । चिल्लो र फ्राई गरेका कुराहरू सकेसम्म नखाने गर्नु राम्रो मानिन्छ । मासुको परिकार धेरै तरिकाले तयार पार्न सकिन्छ । अझ यस समयमा स्वस्थ रहन सागपात, फलफूल खान सकिन्छ । यसरी सागपात, फलफूलजन्य वस्तुको प्रयोग गर्दा मुटुको भल्ब बन्द हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

    अल्कोहल

    दसैँमा मासुसँगै अल्कोहलिक पदार्थ पनि खाने गर्छन् । त्यसो त मासु र अल्कोहल खाँदैमा हृदयघात हुन्छ भन्नेचाहिँ छैन । कति र कसरी मासु र अल्कोहलको प्रयोग गर्ने भन्ने मात्रै हो । ६०–६५ एमएललाई खासै अस्वस्थ रूपमा लिने गरिँदैन । यो सामान्य हो । तर, अत्यधिक मदिरापानले मुटुमा खराबी ल्याउँछ । अल्कोहलको प्रयोगले रक्तसञ्चारमा समस्या आउने र त्यसले हृदयघात हुन सक्छ ।

    धुमपान

    धुमपानका कारणले हृदयघात हुने सम्भावना बढी हुन्छ । दसैँमा नयाँ कामको सुरुवातका रूपमा धुमपान छाड्न सक्नुहुन्छ । धुमपान गरिरहेकाले छाड्दा पनि हृदयघातको सम्भावना कम हुँदै जान्छ । पछिल्लो समय युवा वर्गमा देखिएको हृदयघात धुमपान तथा मद्यपान नै हो । मुटुको धमनी हल्का ब्लक भएको छ र त्यस्तो व्यक्तिले धुम्रपान तथा मद्यपान गरेमा मुटुमा समस्या बढ्दै जान्छ । ४० प्रतिशत मानिसको मुटु अचानक ब्लक हुन सक्छ । यो नर्मल मानिसमा पनि हुने गर्छ । ध्रुमपानको प्रयोग नै जटिल हो जसले जुनसुकै समयमा पनि हृदयघात निम्त्याउन सक्छ ।

    समस्याका कारण

    अस्वस्थ खानपान र अनियमित जीवनशैली
    अनावश्यक रूपमा बढी चिन्ता लिनु ।
    उच्च रक्तचाप हुनु ।
    अत्याधिक घुमपान र मदिरापान गर्नु ।
    आवश्यकभन्दा बढी मोटाउनु ।
    शारीरिक व्यायाम नगर्नु ।
    स्वस्थकर खाना खाने ।

    के खाने ?

    बोसोरहित मासु मात्रै खाने ।
    बोसोविनाको माछामासु खाने ।
    ठिक्क खाने ।
    अल्कोहल खाए ६० एमएलभन्दा कम खाने ।

    के नखाने ?

    अस्वस्थकर खाना नखाने
    बढी चिल्लो खानेकुरा नखाने ।
    बोसो भएको खानेकुरा मासु नखाने ।
    जेरी, पनिर आदि नखाने ।
    पोलेको, फ्राई गरेको खानेकुरा नखाने ।
    एकपटक प्रयोग गरेको तेल पुनः प्रयोगमा नल्याउने ।
    अल्कोहलको मात्रा बढी प्रयोग नगर्ने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij