मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, ६ को अवस्था गम्भीर

  • प्रकाशित मिति : मङ्लबार, अशोज २३, २०७५



  • बझाङ, असोज २३ । बझाङमा एक यात्रीवहाक जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

    मंगलबार बिहान बझाङको बागथलाबाट विजगडाका लागि छुटेको से१ज ७२६ नम्बरको जिप बुंगल नगरपालिकाको वडा नम्बर–५, मिणीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो ।news

    घटनास्थलमै कन्चनपुर, बेदकोट नगरपालिका–५ बस्ने ६५ वर्षीया विष्नादेवी बोहरा र कैलालीको घोडाघोडी नगरपालिका–५ का ५६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको थियो ।

    उपचारकाक्रममा कन्चनपुरको बेदकोट नगरपालिका–५ का ३५ वर्षीय प्रेमबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेका ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते बुंगल नगरपालिका–६ का नरेन्द्र कुँवर र कृष्ण कुँवर तथा बुंगल नगरपालिका–८ का धीरेन्द्र बोहरालाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ ।

    यस्तै, बेदकोट नगरपालिका–५ की माया बोहरा, चन्द्रसिंह बोहरा र चालक रणबहादुर खातीको देउरा स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    जिप दुर्घटनाको कारण खुल्ने सकेको छैन ।

    गम्भीर घाइतेहरुलाई उपचारका लागि लैजान काठमाडौंबाट सिम्रिक एअरको हेलिकोप्टर मगाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij