मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चितवनमा भ्यान र ट्यांकर ठोक्कियो, तीनजनाको मृत्यु, चार घाइते

  • प्रकाशित मिति : बुधबार, अशोज ३१, २०७५



  • चितवन, असोज ३१ । चितवनमा बुधबार दिउँसो मारुती भ्यान र दूध बोक्ने ट्यांकर ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् ।

    पृथ्वी राजमार्गअन्तर्गत् इच्छाकामना गाउँपालिका–४, केबलकारनजिक पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशातर्फ गइरहेको दूध बोक्ने बा१घ ५६५ नम्बरको ट्यांकरले ठक्कर दिँदा सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

    दिउँसो १२ः४० बजेतिर भएको दुर्घटनामा परी ट्यांकर चालक सुन्दर खड्का, धादिङ, बैरेनी–६ बस्ने ४ वर्षीय बालक रोशन गैरेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।news

    अर्का एकजना मृतकको सनाखत हुन बाँकी रहेको उनले बताए । उनीहरुको शव भरतपुर ल्याइएको छ ।

    दुर्घटनामा परी चारजना घाइते भएका छन् ।

    घाइते हुनेहरुमा धादिङ, बैरेनी–६ का १९ वर्षीय रमेश रोक्का, सोही स्थानका १७ वर्षीय विक्रम गैरे, १९ वर्षीय सन्दीप मल्ल र अर्का एकजनाको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    उनीहरुको भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij