एजेन्सी । आमा छोराबीचको नाता एक पवित्र हुन्छ । नौ महिना गर्भमा बोक्दै जन्म दिएकी आमा र छोराको नाता यो संसारमा सबैभन्दा पवित्र मानिन्छ । तर यहि पत्रिव नाता मानिएका आमा छोरा नै प्रेमी प्रेमीका बनेपछि कसको के नै लाग्छ र ? मेक्सिकोमा एक महिलाले आफ्नो बच्चालाई जन्म दिएपछि पालपोषण गर्न नसकेर छोडेर गएकी थिईन् ।

छोडेर गएको लामो समयपछि उनीहरुबीच भेट भयो । तर आमा छोराको हैसियतभन्दा एक प्रेमी र प्रेमीकाको । जब उनीहरुबीच १६ वर्षपछि भेट भयो त्यो समय उनीहरु एक प्रेमी प्रेमीका रुपमा थिए । एक अर्कालाई चिन्नै नसकेपछि प्रेमी प्रेमीका बनेका उनीहरुले अन्तिम अवस्थामा मात्रै थाहा पाए ।
१६ वर्षमा छोरा पिटरसँग भेट हुँदा आमा मारिया उनको प्रेमीका बनेकी थिईन् । जब आमा छोरा भएको थाहा पाए उनीहरु एकअर्कालाई छोड्न सक्ने अवस्थामा थिएनन् ।
उनीहरुबीच शारीरिक सम्बन्ध पनि भईसकेको र विवाह गर्ने अवस्थामा पुग्दा स्थानीय सरकारले रोक लगाएको छ । विवाहमा प्रतिबन्ध लगाएको मेक्सिको सरकारले उनीहरुलाई २ वर्षको लागि सुधार गृहमा रोखको छ ।