शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दोस्रो विश्वयुद्ध पश्चात गायब भएको हिटलरको खजानाबारे नयाँ तथ्य

  • प्रकाशित मिति : शनिबार, कार्तिक ३, २०७५



  • एजेन्सी / नाजी तानाशाह एडोल्फ हिटलरको खजानका विषयमा विभिन्न अनुमान हुने गरेका छन् । उनको खजानाका बारेमा गरिएका अधिकांश अनुमानहरु कथा जस्तै बनेका छन् । तथापि एक जना पत्रकार सिरिल विस्लरले  हिटलरको खजानका बारेमा केही पहिले नयाँ दाबी गरेका छन् । उनकाअनुसार उक्त खजाना जर्मनीको एउटा सैनिक क्याम्पको तल दबिएको छ । नाजी शासनका बेला लुटिएका सुनका छड, जेवरात र विदेशी मुद्राको सबैभन्दा ठूलो खजाना दोस्रो विश्वयुद्ध पश्चात गायब भएको थियो ।

    हालसम्म उक्त खजानको खोजीमा लाखौं प्रयासहरु भएका छन् । तर, यसको बारेमा सत्य–तथ्य जानकारी अहिलेसम्म पनि बाहिर आउन सकेको छैन् । उक्त खजानको मूल्य पाँच अर्बभन्दा बढी भएको अनुमान गरिएको छ । अचम्मको कुरा त के छ भने उक्त खजानालाई जर्मनीको एउटा बैंकमा सुरक्षित राखिएको थियो ।

    तर, पछि उक्त खजाना कहाँ गयो भन्ने कुरा रहस्यमय बनेको छ । केहीले उक्त खजानालाई हिटलर आफैंले कुनै अज्ञात स्थानमा राखेका थिए भन्ने अनुमान समेत गर्छन्, त्यस्तै केही अनुसन्धानकर्ताहरुले त उक्त खजाना अष्ट्रियाको कुनै झरनामा लुकाएको समेत अनुमान गरेका छन् ।

    के के थियो खजानामा ?

    हिटलरको उक्त खजानामा एक सय वटा सुनका छड तथा हिराले भरिएको थियो । जसको मूल्य हाल अर्बाैं पर्ने बताइएको छ । नेदरल्याण्ड निवासी पत्रकार सिरिलले उक्त खजना लुकाइएको ठाउँको बारेमा एउटा कोड बनाइएको र उक्त कोड हिटलरका सेनाले गीतको माध्यमबाट लेखेको दाबी गरेका छन् ।

    ती पत्रकारकाअनुसार मार्च इम्प्रम्प्टू नामक राष्ट्रभक्ति गीतमा खजानको कोड उल्लेख गरिएको उनको दाबी छ । उक्त गीतको धुनको मुल कपीमा हिटलरका सहयोगी बोरमेनले केही निशाना छोडेका छन् ।

    ती पत्रकारकाअनुसार ती संकेतका आधारमा लगभग दुई वर्षसम्म पटक–पटक उक्त गीत सुनेपछि खजाना राखिएको वास्तविक ठाउँ पत्ता लागेको उनको भनाई छ । पत्रकार सिरिलले जर्मनीको मेटनेवाल्ड आर्मी बेसक्याम्पको तलपट्टी उक्त खजाना दबिएको दाबी गरिएको छ ।
     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij