मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

आजको राशिफल

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ६, २०७५



  • आजको राशिफल
    आज मिति २०७५-०७-०६ गते मंगलवार तदनुसार २३ अक्टोबर २०१८, आश्विन शुक्ल पक्ष चतुर्दशी तिथि राति २२:०५ बजे सम्म । आजको नक्षत्र उत्तराभाद्रपदा विहान ०९:०७ बजे सम्म ।
    कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ भेटने समय ः– विहान ०६—०९ः३० दिवा ०२—०६ वजे सम्म ९८४७८२२७११,९८४७८३३६२३

    मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । काममा बाधा व्यवधन आउने छ । कुरा काट्नेहरु प्रसस्त भेटिनाले अपयश मात्र हात लाग्ने छ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।

    बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । पराक्रम बढने तथा काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । यात्रा तथा धनलाभहुने दिन रहेको छ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

    मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) आज कुनै नयाँ कामको थालनि हुनेछ । आज ऐश्वर्य प्राप्त हुनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

    कर्कट (ही,ह ु,हे,हो,डा,डी,डु,डे,डो)
    परिवार तथा सन्तानबाट असहयोग प्राप्त हुनेछ । अध्ययनमा रुचि वढने छ । व्यापार व्यवसायमा राम्रो फाइदाहुने दिन रहेकोछैन । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

    सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
    स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । आज खर्चमा वृद्धि हुनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

    कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
    व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । श्रीवृद्धि तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विद्यार्थीका लागि अध्ययन क्षेत्र फलदायी रहेकाछन् ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धनक्षय(अपव्यय) हुनेछ मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

    धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
    परिवारका सदस्यहरु संग मतभेद हुन सक्ने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । अनावश्यक खर्चमा वृद्धि हुने छ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

    मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । मित्रहरुको साथ र सहयोग प्राप्त हुनेछ । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
    शरीरमा समस्या आउन सक्नेछ । मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य राम्रो रहने छ । मनमा सुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । पारिवारीक सुख प्राप्त हुने छ । स्वादिष्ट भोजन तथा उपहार प्राप्तहुने योग रहेकोछ ।. अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij