मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भारतमा भएको कार दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्यु, तीन गम्भीर

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ६, २०७५



  • तिर्थ यात्राका लागि गएका चार नेपालीले भारतको आजमगढ- गोरखपुर सडकखण्डमा भएको कार दुर्घटनामा परी ज्यान गुमाएका छन्।

    सोमबार दिउँसो अज्ञात सवारीले ठक्कर दिँदा भएको दुर्घटनामा परी तीन जना नेपाली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

    गोरखपुरबाट बाराणसीको तिर्थ यात्रामा जाँदै गरेका नेपाली सवार कारलाई राजापुर गाउँ नजिकै अज्ञान सवारीले ठक्कर दिएको भारतीय प्रहरीले जनाएको छ।

    दुर्घटनामा परी ४१ वर्षीय नविन श्रेष्ठ, उनकी श्रीमती ३८ वर्षीय काञ्जाली श्रेष्ठ, उनका बुबा ६५ वर्षीय गोरख श्रेष्ठ र ३६ वर्षीय भाइ उपेन्द्र श्रेष्ठको निधन भएको प्रहरीले जनाएको छ।

    घटनामा परी कार चालक र उनका परिवारका २ महिला घाइते भएका छन्। उनीहरूलाई जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

    भारतीय प्रहरीले उनीहरू नेपालको सिन्धुली जिल्लाबाट भारत तिर्थयात्रामा गएको पुष्टी गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij