मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रेसिपी : दसैँमा पाहुनाहरुलाई चखानुहोस् ‘ओरेन्ज स्पेसल’ मेन्यु

  • प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३



  • दसैँ हिन्दु धर्मावलम्बीको महान् चाड हो । दसैँलाई परिकारको चाडका रुपमा पनि लिइन्छ । वर्षभरिको थकाइ मार्ने, आफन्तसँग भेटघाट गर्दै मीठा–मीठा परिकार खाने पर्वका रुपमा यसलाई लिइन्छ । दसैँमा लामो छुट्टी हुृने भएकाले घरैमा विभिन्न परिकार बनाएर खान सकिन्छ । दसैँको अवसर पारेर रातोपाटीले मासुका विभिन्न परिकार, स्न्याक्स छिटो–छरितो तरिकाले पकाउने विधि पस्कँदै छ । उल्लिखित परिकार कुपनडोलस्थित ओरेन्ज क्याफेको मेनुमा पर्छ ।

    चिकन जिन्जर

    आवश्यक सामग्री

    –     चिकन क्युब (बोनलेस) आठ पिस

    –     राम्ररी काटिएको टमाटर

    –     राम्ररी काटिएको प्याज

    –     लसुन दुई केस्रा

    –     लामो–लामो काटेको अदुवा (५० ग्राम)

    बनाउने तरिका

    –     कुकिङ प्यानमा सनफ्लावर कुकिङ तेल दुई चम्चा राख्ने

    –     तेल मनतातो भइसकेपछि राम्ररी काटिएको प्याज, टमाटर तेलमा फुराउने (सानो आगोमा)

    –     हल्का खैरो भएपछि चिकन क्युब हाल्ने र करिब पाँच मिनेटजति चलाउने ।

    –     मसलामा धनियाँको धूलो, अलिकति बेसार, नुन र खुर्सानी स्वादअनुसार हाल्ने र १५–२० पकाउने

    –     यसरी पकाएपछि गोल्डेन कलर आउँछ

    –     यसपछि बाउल वा प्लेटमा परिकारलाई सर्भ गर्न सकिन्छ र परिकार तयार भइसकेपछि माथिबाट काटिएको लसुन छरेर सजाउने ।

    ओरेन्ज मिक्स्ड भेजिटेबल करी

    आवश्यक सामगी्र

    –     उसिनेको आलु तीन/चार पिस

    –     फ्राइ गरेको पनिर तीन/चार पिस

    –     सिमी तीन/चार पिस

    –     काउली तीन/चार पिस

    –     गाँजर तीन/चार पिस

    –     राम्ररी काटिएको प्याज

    –     टमाटरको प्युरी

    –     जिराको धूलो, अदुवा लसुनको पेस्ट, करी पाउडर

    –     धनियाँ क्रस

    बनाउने तरिका

    –     एउटा कुकिङ प्यान लिने, त्यसमा दुई चम्चा तेल हाल्ने र प्याज फुराउने

    –     प्याज फुराइसकेपछि अदुवा, लसुनको पेस्ट, बेसार राख्ने

    –     आलु, पनिर, सिमी, काउलीलगायत सबै सामग्री हालेर करिब १० मिनेटजति पकाउने

    –     नुन, खुर्सानी स्वादअनुसार

    –     त्यसपछि टमाटरको प्युरी हालेर पाँच मिनेटजति छोप्ने

    –     पाँच मिनेटपछि धनियाँको क्रस हालेर सर्भ गर्ने

    ओरेन्ज स्पेसल क्रिस्पी आलु

    img_5840आवश्यक सामगी्र

    –     रोजम्यारी

    –     राम्रे ३ वटा आलु

    –     मकैको पीठो

    बनाउने तरिका

    –     सबैभन्दा पहिले आलुलाई ताछेर हाल्फ बोइल गर्ने

    –     त्यसपछि आलुलाई फिङ्गर चिप्स स्टाइलमा काट्ने

    –     मकैको पीठोलाई पानीमा हालेर लेदो बनाउने, त्यसपछि नुन स्वादअनुसार, रोजम्यारी, अलिकति खुर्सानीको धूलोमा काटिएका आलु मोल्ने

    –     त्यसपछि तेलमा डिप फ्राइ गर्ने पाँच मिनेटजति

    –     क्रिस्पी आलु तयार भयो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij