प्रकाशित मिति : मङ्लबार, कार्तिक १३, २०७५
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५८ सय रुपैयाँ मात्र खर्चिए पुग्ने भएको छ। नेपाल र मलेसिया सरकारबीच सोमबार काठमाडौंमा भएको द्विपक्षीय श्रम समझदारीमा ‘सरकारलाई बुझाउने श्रमिक कल्याणकारी कोषको एक हजार र बिमाको ४८ सय २५ सबै खर्च रोजगारदाताले बेहोर्ने’ उल्लेख छ।
कामदार पठाउन लाग्ने सेवा शुल्क, आतेजाते हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सरक्षा जाँच खर्च रोजगारदाता कम्पनीबाटै बेहोर्नेगरी मलेसियाले जिम्मा लिएको श्रममन्त्री गोकर्ण विष्टले बताए।मन्त्री विष्टका अनुसार एक कामदार पठाएवापत मलेसियाको रोजगारदाताले नेपाली म्यानपावरलाई कामदारले नेपाली म्यानपावरलाई कामदारले पाउने मासिक न्युनतम तलबको ५० प्रतिशत बराबर सेवा शुल्क भुक्तानी गर्ने कान्तिपुर दैनिकमा समाचार छ।मलेसियाले सामान्य कामदारको एक हजार ५० र सुरक्षा गार्डको १५ सय रिंगेट न्यूनतम तलब तोकेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij