मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

झापामा सुविधासम्पन्न अस्पताल खुल्ने क्रम बढ्दो

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १५, २०७५



  • झापा । व्यापारिक केन्द्रका रुपमा रहेको प्रदेश १ अन्तर्गतको झापामा पछिल्लो समय सुविधासम्पन्न अस्पताल खुल्ने क्रम बढ्दै छ ।

    झापासहित आसपासका जिल्लाका विरामी अन्यन्त्र जानुपर्ने बाध्यता हटेपछि धेरैले राहतको महसुस गरेका छन् ।

    पहिले–पहिले राम्रो उपचारका लागि कि त राजधानीमै धाउनुपर्ने या भारतका विभिन्न अस्पताल चहार्नुपर्ने बाध्यतामा रहेका झापा आसपास जिल्लाका बासिन्दालाई बिस्तारै त्यो बाध्यताले छाड्न थालेको छ ।

    जिल्लाको विर्तामोड, काँकडभिट्टा, भद्रपुर, दमकलगायतका क्षेत्रमा सुविधासम्पन्न अस्पताल संचालन हुन थालेसँगै यस क्षेत्रका नागरिकले राहतको महसुुस गरेका छन् ।

    सरकारी तथा निजी गरी ७० वटा स्वास्थ्य संस्था जिल्लामा रहेपनि बेड क्षमताको अनुमति लिएर संचालन भएका स्वास्थ्यसंस्था २७ वटा मात्र रहेको जनस्वास्थ्य कार्यालय झापाको तथ्यांक छ ।

    अहिले झापामा २७ वटा अस्पताल संचालनमा रहेका छन् । जुन पाँचदेखि ३ सय वेड क्षमतासम्मका छन् । झापामैै गुणस्तरीय अस्पताल खुल्दा अन्य जिल्लासहित भारत जानुपर्ने बाध्यता हटेको बिरामीको भनाइ छ ।

    आसपासका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम जिल्लाबाट एकैदिनमा झापामा पुग्न सकिने भएकोले झापामा अस्पतालको संख्या बढेको हो ।

    यससँगै यहाँका अस्पतालले कम मूल्यमै गुणस्तरीय उपचार गर्ने भएकोले प्रदेश १ का सबै जिल्लाबाट उपचारका लागि आउने गरेको अस्पताल संचालकको दाबी छ ।

    सामान्यदेखि जटिलसम्ममका करिब सबै रोगको उपचार हुन थालेपछि झापामा उपचारका लािग आउनेहरुको घुँइचो नै देखिन्छ ।

    २०६१ सालमा डाक्टर सीपी यादवको सक्रियतामा कञ्चनजङ्घा अस्पताल स्थापनापश्चात् झापामा निजी एवम् सामुदायिक अस्पताल खुल्ने क्रम बढिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij