आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवन राइनोजको लगातार दोस्रो जित, काठमाडौं १३ रनले पराजित

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १५, २०७५



  • काठमाडौं, कात्तिक १५ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित हासिल गरेको छ ।

    बिहीबार पोखरा रंगशालामा भएको खेलमा चितवनले हुलास काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्‍यो ।

    खेलमा चितवनले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो ।

    काठमाडौंका लागि भारतीय खेलाडी गौरव तोमरले ३९ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ३० रनको योगदान दिए ।

    बलिङतर्फ चितवनका करण केसीले ३ तथा कप्तान पारस खड्काले २ विकेट लिए ।

    यसअघि, खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको चितवनले निर्धारित् २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

    उसका लागि हरिशंकर साहले ६० रन जोड्दा स्मिथ पटेलले ३१ रनको योगदान दिए । पारसले १४ र सन्नी पटेलले १३ रन जोडे ।

    बलिङतर्फ काठमाडौंका बसन्त रेग्मीले २ विकेट लिए ।

    पीपीएल क्रिकेटमा पारस खड्का नेतृत्वको चितवन राइनोजको चार खेलमा यो दोस्रो जित हो । ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौंको भने तीन खेलमा यो पहिलो हार हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij