मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एक नेपालीले बनाए पाराग्लाइडर

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १६, २०७५



  • गोरखा, कात्तिक १६ । चराजस्तै आकाशमा उड्ने पाराग्लाइडिङ आजकल धेरैको रोजाइमा पर्दै गएको छ । जीवनमा एकपटक मात्रै पाराग्लाइडिङको अनुभव गरेका गोरखा आरुघाटका एकबहादुर आलेले आफँैले पाराग्लाइडर बनाएर उडाएका छन् ।

    यो पाराग्लाइडर उडेको दृश्य गोरखा आरुघाट गाउँपालिकास्थित चनौटेको हो । जुन यहाँकै स्थानीय एकबहादुर आलेले निर्माण गरेको र आफैँले पाराग्लाइडिङ गरिरहेका छन् ।  फोटो स्टुडियो र ब्यानर लेखनबाट दैनिक गुजारा चलाउँदै आएका  ५८ वर्षीय आले पाराग्याइडिङ्ग गराउने पाइलट भने होइनन् ।

    पोखराको सराङ्गकोटमा एकपटक मात्र पाराग्लाइडिङमा चढेका आलेले पाराग्लाइडर नै बनाएर सबैलाई चकित बनाएका छन् । आफूले धेरै खोजी र मिहिनेतबाट बनाएको पाराग्लाइडरलाई सरकारले चेकजाँच गरेर मान्यता दिनेमा विश्वस्त रहेको आले बताउँछन् ।

    कतिपय कुराहरु युट्युब र गुगलको सहारामा आलेले पारासुटका कपडा, नाइलनका डोरी र विभिन्न कब्जाहरुको प्रयोगबाट ८ किलो तौलको पाराग्लाइडर बनाएका हुन् । जसमा  दुर्घटनाबाट बच्न पारासुटसहितको आपतकालिन व्यागसमेत तयार पारेका छन् । उनको यस्तो प्रयासलाई सरकारले पनि मान्यता दिनुपर्ने आरुघाट गाउँपालिका १० का वडाध्यक्ष मेनबहादुर अधिकारीको भनाइ छ ।

    विसं २०५५ सालमा नेपाली सेनाको जागिरबाट अवकाश पाएका आलेले गरेको यो प्रयासलाई सबैले प्रोत्साहित गर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij