मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

लगाउन नजाने स्याम्पुले झार्छ कपाल

  • प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५



  • काठमाडौं : स्याम्पु लगाएर मात्र कपाल सुन्दर हुदैन। स्याम्पु किन्दा त्यसको गुणस्तरमा ध्यानदिनुपर्छ। गुणस्तर भएको स्याम्पु प्रयोग गर्दा कपाललाई निकै फाइदा हुन्छ। स्याम्पुको सही प्रयोगबाट मात्र कपाल स्वस्थ राख्न सकिन्छ।स्याम्पु गरिसकेपछि केही समय राखेर मात्र पखाल्नुपर्छ।हतारमा कपालमा स्याम्पु लगाउनु हुँदैन।

     

    हतारमा लगाएको स्याम्पु राम्रोसँग नपखालिन सक्छ। यसो गर्दा कपाल झर्ने वा टुक्रिने समस्या आउने विज्ञहरु बताउँछन्। कपालमा धेरै मात्रामा स्याम्पु लगाउनु हुँदैन। कपालको मात्राअनुसार स्याम्पु लगाउनुपर्छ।पातलो कपाल छ भने कम र बाकलो कपाल छ भने अलि बढी स्याम्पु लगाउनुपर्छ।धेरै स्याम्पुको प्रयोगबाट कपाल राम्रो हुन्छ भन्ने बुझाइ गलत हो।

    स्याम्पु किन्दा जति सजक हुनुपर्छ, कपालमा लगाउँदा पनि विशेष सावधानी अपनाउनुपर्छ।हामीले सही तरिकाले कपालमा स्याम्पु लगाउन सकेनौ भने स्याम्पुले फाइदाभन्दा वेफाइदा गर्छ।जसको परिणाम कपाल झर्ने मात्र नभइ चाया पर्नुका साथै कपाल कमजोर हुन्छ।लगाउन नजाने स्याम्पुले  झार्छ कपाल

    कपालमा स्याम्पु लगाउँदा ध्यान दिनुपर्ने कुराहरु

    – कपालमा ठीक मात्रामा स्याम्पु लगाउनुपर्छ। कपालको बाकलोपना र लम्बाईअनुसार स्याम्पु लगाउनु पर्दछ।

    – हतारमा कपालामा स्याम्पु लगाउनु हुँदैन। उचित तरिकाले सफा गरिएन भने कपाल झर्ने समस्या सुरु हुन्छ।

    – स्याम्पु लगाइसकेपछि बल प्रयोग गरी कपाल माड्नु हुँदैन। यसो गर्दा कपाल कमजोर हुने र झर्ने समस्या हुन्छ। औँलाको सहायताले विस्तारै स्याम्पु लगाउनुपर्छ।

    – स्याम्पुलाई हातमा राखेर कपालमा लगाउनुपर्छ। टाउकोमा एउटै ठाउँमा स्याम्पु राखेर कपालमा लगाउँदा कपाल रुखो हुनेगर्छ।

    – स्याम्पु मनतातो पानीको साथमा लगाउन सकिन्छ।धेरै तातो पानी भने प्रयोग गर्नुहुँदैन।

    – कपाललाई राम्रोसँग भिजाएर मात्र स्याम्पु लगाउनुपर्छ।

    – स्याम्पु टाउकोको पछाडीबाट लगाउँदै आगाडीतर्फ लगाउनुपर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij