मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपालमा कोही पनि बेरोजगार हुनु नपर्ने कानुन निर्माण, बेरोजगारलाई कति फाइदा !

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २३, २०७५



  • काठमाडौं, कात्तिक २३ । नेपालको संविधानको धारा ३३ मा ‘रोजगारीको हक’ भन्ने मौलिक हकको व्यवस्था गरिएको छ । यो मौलिक हक कार्यान्वयनका लागि रोजगारीको हक सम्बन्धी ऐन पनि संसदबाट बनिसकेको छ ।

    नेपालमा कोही पनि बेरोजगार हुन नपर्ने भन्दै ऐनले प्रत्येक स्थानीय तहमा ‘रोजगार सेवा केन्द्र’ स्थापनाको परिकल्पना गरेको छ भने रोजगार दिन नसके निर्वाह भत्ता दिने व्यवस्था समेत गरेको छ ।

    नेपालको संविधानले मौलिक हककोे व्यवस्था गरेपछि संसद्ले ती हकको कार्यान्वयन सुनिश्चित गर्न सरकारले कानुन बनाएको हो । रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा १० मा स्थानीय तहमा रोजगार केन्द्र स्थापनाको व्यवस्था गरिएको छ । ऐनमा ‘रोजगार सेवा केन्द्रको कामको संघीय तहबाट निर्देशन, समन्वय र सहजीकरण गर्ने जिम्मेवारी श्रम मन्त्रालयको हुने उल्लेख छ । स्थानीय तहमा स्थापना हुने रोजगार सेवा केन्द्रमार्फत बेरोजगारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने कानुनमा उल्लेख छ ।

    रोजगार सेवा केन्द्रबाट रोजगार प्राप्त गर्न चाहने बेरोजगार व्यक्तिले आफूसँग भएको सीप, योग्यता वा क्षमता उल्लेख गरी निवेदन दिनुपर्नेछ । त्यस्तो निवेदन दिने व्यक्ति वास्तविक बेरोजगार हो वा होइन भन्नेबारे आवश्यक जाँच गरि रोजगार सेवा केन्द्रले संघीय सरकार र सम्बन्धित प्रदेश सरकारलाई उपलब्ध गराउनेछ । यसैगरि स्थानीय तहका रोजगारदाताले पनि आफ्नो जनशक्तिको सम्पुर्ण विवरण रोजगार सेवा केन्द्रमा बुझाउनु पर्नेछ ।

    के अब मुलुकमा बेरोजगारी समस्या समाधान हुन्छ ?

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij