प्रकाशित मिति : सोमवार, कार्तिक २६, २०७५
दुरसंचार सेवा संचालन गर्न अनुमति पाएको कुनै पनि कम्पनीको चुक्ता पुँजीको पाँच प्रतिशत बढी सेयर विक्री गर्नुअघि नियमक निकाय दुरसंचार प्राधिकरणको अनुमति लिनुपर्ने भएको छ।
दुरसंचार नियमावली २०५४ को सातौ संसोधनबाट प्राधिकरणले कुनै पनि दुरसंचार कम्पनीको चुक्ता पुँजीको पाँच प्रतिशत बढीको सेयर बिक्री गर्नुअघि प्रधिकरणको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो।
यसअघि यस्तो सेयर खरिद विक्री हुँदा पूर्व स्वीकृती लिनै पर्ने कानूनी व्यवस्था थिएन।
यो व्यवस्थासँगै अवदेखि कुनै पनि टेलिकम कम्पनीको सेयर कारोबार हुँदा पूर्व स्वीकृती अवस्यक हुने भएको छ।
त्यस्तै दूरसञ्चार सेवा सञ्चालन गर्न कुनै एक अनुमतिपत्र प्राप्त व्यक्ति, त्यसको सहायक कम्पनी, सञ्चालक, आधारभूत शेयरधनी वा परिवारको सदस्य वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको कुनै फर्म वा कम्पनीले अर्को अनुमतिपत्र प्राप्त व्यक्तिको पूँजि संरचनामा एक प्रतिशतभन्दा बढी स्वपूँजी (इक्वीटी) वा ऋण दिई लगानी गर्न पनि प्रतिबन्ध लगाइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij