मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ठेकेदारबीचको विवादका कारण काँक्रेबिहार पुनर्निर्माणमा ढिलाइ

  • प्रकाशित मिति : बुधबार, कार्तिक २८, २०७५



  • news

    सुर्खेत । ठेकेदारबीचको विवादका कारण सुर्खेतको काँक्रेविहार पुनर्निर्माणमा ढिलाइ भएको छ ।

    २०७२ सालमा पुनर्निर्माण सुरु गरिए पनि ठेकेदारको विवादका कारण काम अलपत्र बनेको हो ।

    ऐतिहासिक र धार्मिक महत्व बोकेको महत्वपूर्ण सम्पदाको पुनर्निर्माण नहुँदा पर्यटकसमेत प्रभावित बनेका छन् ।

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट साढे तीन किलोमिटर दक्षिणतर्फ काँक्रेविहार रहेको छ ।

    धार्मिक किम्वदन्ती अनुसार पञ्चपाण्डवको वासस्थान मानिने काक्रेविहारमा राजा अशोक मल्लले विसं १३२५ मा काँक्रेविहार मन्दिर निर्माण गरेको तथ्य भेटिन्छ ।

    जहाँ  बुद्ध, सरस्वती, विष्णु, पद्म, शंख र रथका पांग्रालगायत विभिन्न मुर्तिहरु रहेका छन् ।

    ऐतिहासिक तथा धार्मिक महत्व बोकेको काक्रेविहारको २०७२ साल असार ४ गते देखि  ३ वर्षमा सम्पन्न गरिसक्ने गरी निमार्ण कार्य सुरु गरिएको थियो ।

    त्यसको पुरातत्व विभागले सिद्धबाबा कन्स्ट्रक्सन प्रालिलाई  ९ करोड ६५ लाख ६६ हजार रुपैयाँमा ठेक्का दिएको थियो ।

    तर आपसी ठेकेदारबीच लेनदेनको समस्याले निर्माण कार्य रोकिएको छ । यसमा सम्बन्धित निकायले चासो दिनुपर्ने आन्तरिक पर्यटकको माग छ ।

    मन्दिरको पुननिर्माण गरी स्तरोन्नति गरे पर्यटन व्यवसाय फस्टाउन सकिने व्यापक सम्भावना रहेको छ ।

    यसलाई बौद्ध सक्रिटका रुपमा निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयको माग छ ।

    निर्माण जिम्मा पाएको काठमाडौंस्थित सिद्धबाबा कन्स्ट्रक्सन प्रालिका दिपक कार्की र कालिगढको काम गर्ने ठेकेदार तिर्थ कश्यपको आपसी लेनदेनको समस्याले निर्माण कार्य बीचमा अलपत्र परेको वीरेन्द्रनगर नगरपालिका ९ का वडाध्यक्ष सुरेश मानान्धर बताउँछन् ।

    दैनिक २ सयको हाराहारीमा आन्तरिक तथा बाहय पर्यटकले अवलोकन गरिरहेको यस ठाउँमा अरु थुप्रै पर्यटकलाई आकर्षण गर्न सकिने यथेष्ट संभावनाहरु छन् ।

    तर पुनर्निमाण नहुँदा अस्तव्यस्त र लथालिङ्गजस्तै बनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij