आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २९, २०७५



  • news

    काठमाडौं, कात्तिक २९ । सन् २०२० को टोकियो ओलम्पिक खेलकुदको छनोट चरणको दोस्रो चरणमा पुगेको नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ ।

    नेपाली टोलीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पासहितका पदाधिकारी एवं राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले स्वागत गरेका थिए ।

    म्यानमारमा भएको छनोटमा नेपालले समूह चरणमा अपराजित रहँदै दोस्रो चरणमा ठाउँ बनाएको हो ।

    नेपालले भारत, म्यानमार र बंगलादेशसित समान १–१ गोलको बराबरी खेलेको थियो ।

    पहिलो सहभागितामै नेपाल उत्कृष्ट तेस्रो टोलीकारुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

    छोटो समय चीनमा प्रशिक्षणका साथै तीन मैत्रीपूर्ण खेल खेल्दै म्यानमार प्रस्थान गरेको नेपाली टोलीले निकै राम्रो प्रदर्शन गरेको भन्दै प्रशिक्षक हरि खड्काले महिला फुटबलमा लगानी बढाउने हो भने अझ राम्रो प्रदर्शन गर्नसक्ने दाबी गरेका छन् ।

    कप्तान निरु थापाले उच्च वरीयताका टोलीसित राम्रो खेल्न सकेको भन्दै अब अप्रिलमा हुने दोस्रो चरण र साफ च्याम्पियनसिपको तयारी सँगसँगै गर्ने बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij