मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

र्‍याफ्टिङ गर्दा कर्णालीमा डुबेर अष्ट्रेलियन नागरिकको मृत्यु (अपडेट)

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २९, २०७५



  • कालिकोट : कर्णाली नदीमा र्‍याफ्टिङ गर्दा डुबेर एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ ।

     

    शान्नित्रिवेणी गाउँपालिका २ आम्तडा नजिकै कर्णालीमा र्‍याफ्टिङ गर्दा नदीमा खसेर ३१ वर्षीय अष्ट्रेलियन नागरिक  एड्रिनको मृत्यु भएको हो ।

    मुगुबाट सुर्खेततिर आउँदै गरेको अवस्थामा बोर्ट दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले जानकारि दिए ।

    मुगुको रारा ताल अवलोकन गरी कर्णाली नदीमा र्‍याफ्टिङ गर्र्दै सुर्खेततिर आउदै गरेका उनी कर्णाली नदीमा डुबेका हुन् ।

    शर्माका उनका अनुसार मुगुबाट पाँच जनाको टोली आएको र बाँकी चार जना सकुशल छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी शर्माले भने, ‘आम्तडामा कर्णाली नदी निकै उर्लदो छ । ठूलाठूला ढुङगा छन् । नदी भित्रकै ढुङगामा उनीहरु चढेको बोट ठोक्किएर दुर्घटना भएको हो ।’

    कर्णालीमा डुबेका अष्ट्रेलियन नागरिकको शव प्रहरीले टोलीले जिल्ला सदरमुकाम मन्म ल्याएको छ । दुर्घटना लगत्तै  जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक मनीराम भट्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।

    शव हेलिकोप्टरमार्फत् शुक्रबार काठमाडौं पठाउने तायारी भइरहेको प्रहरीको भनाइ छ ।  गत वर्ष पनि कर्णाली नदीमा र्‍याफ्टिङ गर्दा एकजना फ्रान्सेली नागरिकको ज्यान गएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij