प्रकाशित मिति : शुक्रबार, कार्तिक ३०, २०७५
एजेन्सी– सुन्दा अचम्म मात्र होइन महा अचम्म लाग्न सक्छ तर यो सत्य हो । संसारकै सबैभन्दा सानो देश हो ,जसको जनसंख्या मात्र २७ जना रहेको छ । यो देश युरोपको बिकशित देश बेलायतको नजिकै रहेको छ ,जसको नाम सील्याण्ड हो । समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको यो शहर खण्डहर भएको पुरानो किल्लामा रहेको छ ।
जसलाई दोस्रो बिश्व युद्धको समय ब्रिटिस सरकारले निर्माण गरेको थियो । रोय बेट्स नाम गरेका व्यक्तिले सन २०१२ अक्टूबर ९ मा आफुलाई सो सील्याण्डको राजकुमार घोषित गरेका थिए ।उनको मृत्यु पछि सील्याण्डमा उनका छोरा माइकलले शासन गरिरहेका छन् ।
संयुक राष्ट संगले सील्याण्डलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्टको उपाधि दिएको छैन तर अहिले आफुलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्टको उपाधि दिलाउन प्रयासरत रहेको छ । अहिले सम्म संसारकै सानो देशको रुपमा भ्याटिकन सिटी रहेको छ ,जसको क्षेत्रफल ०।४४ वर्ग किलोमीटर र जनसंख्या ८०० रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij