मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

समस्याको संघारमा बोहरा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ३०, २०७५



  •  नारायण वली , नेपालगंज । ३० कार्तिक नेपालगंज स्थित रहेको नेपालगंज मेडिकल कलेज टिचिंग हस्पिटलको अर्थो वाडको वेड नम्बर २१९ मा उपचाररत कालिकोटकि एक वालिका आर्थिक समस्याको संघारमा रहेकी छन् ।

    यहि कार्तिक १ गते स्थानीय जंगलमा घाँस काट्न गएको वेला लडेर दाँया हात भाँचिन पुगेको नरहरिनाथ गाउँपालिका-७ उच्छ्प कालिकोटकी शुशिला बोहराले बताईन । उमेरले १३ वर्ष पुगेकी बालिका बोहराको हातको उपचार गर्न नेपालगंज त आईन तर उनले आफ्नो हात पहिलेको जस्तो पाईनन ।

    भाँचिएको हात उपचार गरे ठिक हुन्छ होला भन्ने ठानेकी बोहराको हात अन्तत काटिन पुग्दा उनि चिन्तित छिन । एकातिर हात काटिएको उनमा चिन्ता छँदै छ अर्को तिर उपचार गरेको पैसा कहाँ बाट ल्याउने हो भन्ने कुराले उनको मन भारी हुने गरेको उनि बताउछिन । ११ वर्ष अगाडी वावु गुमाई सकेकी बोहरा जिम्मेवार अभिभावक बिहिन छिन ।

    ब्लड क्यान्सरका कारण वावुको मृत्यु भएपछी उनको घरमा कमाएर दिने मान्छे कोहि छैन । सन्तानमा दाजु र बहिनि रहेको वताउदै बोहराले भनिन १९ वर्षका उनका दाजु जगत बोहराले उपचारका लागि अस्पताल ल्याएको वताईन । बहिनीको उपचारमा अहोरात्र खटिरहेका दाजु जगत भन्छन् बहिनीको हात भाँचिए पछी स्थानीय मेडिकलमा उपचार हुन नसके पश्चात् कहाँ लैजाने, कसरी लैजाने यस्तै कुराले गम्भीर मोडमा उभ्यायो । बहिनिलाई अर्को तिर दुखाईको पिडा थियो नै , कालिकोट भन्दा मलाई अन्य कुनै ठाउँको बारेमा ज्ञान थिएन ।

    त्यो पनि अस्पतालको मामिला । मनमा अनेक कुराहरु खेलिरहेका थिए । स्थानीय एक धिर बहादुर बटालाले बहिनीको उपचारका लागि नेपालगंज सम्म ल्याई पुर्याउने काम गर्नुभयो । साहु संग गाउँले ब्याजमा ऋण लिएर नेपालगंज त आइपुगे अव कसरी उपचार गर्ने यो मेरा लागि निकै ठुलो समस्याको बिषय बन्यो ।

    २७ दिन भयो अस्पतालको शैयामा बसेको, तिन पटक अप्रेशन गर्नु पर्छ रे ,दुई पटक भयो अब एक पटक गर्नु पर्नेछ ,घर बाट आउँदा लिएको पैसा औषधिमा सकिन लाग्यो , खाना खाएको त दिएकै छैन ,धेरै लामो समय यहाँ वस्नु पर्छ रे , कसरी बसौ पैसा सकिन लाग्यो दाजु जगतले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij