मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विद्यालयलाई कम्प्यूटर र ४५ विद्यार्थीलाई शैक्षिक समाग्री प्रदान

  • प्रकाशित मिति : आइतवार, मंसिर २, २०७५



  • काठमाडौं । राजधानीको शासिम पासः पुचः समुहले काभ्रेका ४५ जना विद्यार्थीलाई कम्प्यूटर सहितका शैक्षिक समाग्री हस्तान्तरण गरेको छ ।news

    २०७३ साद देखि दुर्गम क्षेत्रमा अवस्थित विद्यालय छानेर शैक्षिक समाग्री हस्तान्तरण गर्दै आएको सो समूहले शनिबार चौरी देउराली गाउँपालिका ६ आरुबोटको सुनकोशी आधारभूत विद्यालयका ४५ जना विद्यार्थीलाई शैक्षिक समाग्री प्रदान गरेको हो ।

    कक्षा १ देखि ८ सम्मका ४५ जना विद्यार्थीहरुलाई सहयोग वापत शैक्षिक समाग्री प्रदान गरिएको संस्थाका संयोजक ज्ञानेन्द्र बज्राचार्यले जानकारी दिए ।

    उनका अनुसार विद्यार्थीहरुलाई तीन सेट कम्प्यूटर, ४५ दर्जन कपी, ४५ थान उलन टोपी, ४५ जोर उलन मोजा गरी करिव १ लाख ५० हजार बराबरको सामग्री दिइएको उनले जानकारी दिए ।

    यसअघी काभ्रेकै टेकानपुर टेमल र राजधानीको शान्ति शिक्षा माविका विद्यार्थीहरुलाई समेत सहयोग समाग्री दिइसकिएको उनले जनाए ।

    यस अघि समेत ल्यापटप र कम्प्यूटर प्रदान गरिएको थियो । सो समूहमा शान्ति शिक्षा माविका २०३७ व्याचका विद्यार्थीहरु छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij