शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यसरी सुरु भयो तान्त्रीक नाच

  • प्रकाशित मिति : मङ्लबार, अशोज २५, २०७३



  • क्तपुर । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको छ ।

    प्रत्येक वर्ष विजयादशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु हुन्छ ।

    देवत्व सिद्धिका लागि प्रसिद्ध मानिएको तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पुजारी आचाजुले देवगण हुने सम्बद्ध वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरी घंंघला सिंल ल्हायगु (हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ ।

    देवगणमा सम्बद्ध वनमालाहरुलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी जुलाल कर्माचार्यले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा, र कायँ बाजा तथा घँ घलाहरु नास द्यः अघितिर राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको मन्दिरका पुजारी कर्माचार्य बताउनुहुन्छ । नवदुर्गा देवगणमा सम्बद्ध वनमालाहरुले नृत्य सिद्धिप्राप्तिपछि नास द्यःलाई भेडा बलि दिइन्छ ।

    नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घँ घला प्राप्ति गरेका वनमालाहरुले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको छ ।

    शुभसाइतको अवसरमा व्रतबन्ध

    बडादसैँका दिन शुभसाइतमा आज भक्तपुरमा व्रतबन्ध र विवाह गर्नेको चहलपहल बढेको छ ।

    बडादसैँका दिन साइत हेर्न नपर्ने भएकाले यहाँका शक्तिपीठमा व्रतबन्ध र विवाह गर्नेको चहलपहल बढेको हो । दसैँघरमै व्रतबन्ध गरी नजिकको शक्तिपीठमा पूजाआजा र दर्शनका लागि आउने गरिन्छ ।
    ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बारही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी भैरवनाथ मन्दिरलगायतका शक्तिपीठमा व्रतबन्ध गर्नेको घुइँचो लागेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij