प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५
गौशाला — प्रहरीले आज बिहान बाटोमा दिशा गर्ने छ जनालाई पक्राउ गरेको छ ।
बिहान ४ बजे खटिएको प्रहरी टोलीले जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्न बसेका छ पुरुषलाई पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
पक्राऊ परेका व्यक्तिबाट जनही रु ५०० का दरले जरिवाना लिएर छाडिने उक्त कार्यालययले जनाएको छ । प्रत्येक वर्ष उक्त जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने समय तोकिए पनि हालसम्म पूरा हुनसकेको छैन् ।
मदिरा भट्टी हटाइयो
महोत्तरी प्रहरीले बुधबार साँझ जिल्लाको दुई स्थानमा अवैध रुपमा सञ्चालित दुई मदिरा भट्टी हटाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–६ स्थित खोला छेउमा खरघारीमा छाप्रो बनाई सञ्चालन गर्दै आएको मदिरा भट्टी र औरही नगरपालिका–१ स्थित जङ्गल क्षेत्रमा सञ्चालन हुँदै आएको मदिरा भट्टी प्रहरीले भत्काएको हो ।
प्रहरीले ती स्थानबाट २७० लिटर तयारी मदिरा, तीन हजार ८०० लिटर कच्चा पदार्थ, ६५ किलो सक्खर, ६ थान औजार, ५२ थान मदिरा राख्ने ड्रम र एक थान साइकलसमेत बरामद गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।
जिल्लालाई अवैध घरेलु मदिरा उत्पादनमुक्त बनाउने अभियानअन्तर्गत ती भट्टी नष्ट गरिएकोे प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij