मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पूर्वपश्चिम राजमार्ग विस्तारमा विश्व बैंक र एडिबीको लगानी

  • प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५



  • सरकारले पूर्व पश्चिम राजमार्ग विस्तार गरेर चार लेनको बनाउने घोषणा गरिसकेको छ। पूर्वदेखि पश्चिमसम्मको सडकलाई विस्तार गरी चार लेनको बनाउने काम अघि बढाएको सरकारले त्यसमा लगानी भने बहुपक्षीय दातृ निकायबाट जुटाउने भएको छ।

    यसअघि नै नारायणघाट बुटवल खण्डमा एसियाली विकास बैंकको ऋण लिएर काम अघि बढाइसकेको सरकारले सिराहको कमलादेखि सप्तरीको कंचनपुरसम्मको ८७ किलोमिटर खण्डमा पनि एडिबीकै ऋणमा काम अघि बढाउने भएको छ। यो कामका लागि १८ अर्बको ऋण सम्झौतामा हस्ताक्षर भइसकेको छ। यो परियोजना सन् २०२२ मा सम्पन्न हुने बताइएको छ।

    त्यस्तै नारायण्घाटदेखि पथलैयासम्मको खण्डमा विश्वबैंकलाई लगानीका लागि सरकारले प्रस्ताव गरिसकेको छ भने अन्य खण्डमा पनि एडिबी र विश्व बैंकसँग कुरा भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

    सुरक्षित र स्तरीय सडक निर्माण गरी भरपर्दो यातायात संजाल बनाउने लक्ष्यसहित अघि बढेको यो परियोजनामा राजमार्गमा रहेका पुलको स्तरोन्नती र विस्तारका लागि विश्वब बैंकले लगानी गर्ने सम्झौता यसअघि नै भइसकेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij