मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पीडित परिवारलाई १० लाख क्षतिपूर्तिको सहमति, सुनसरीको आन्दोलन स्थगित

  • प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५



  • सुनसरी, मंसिर ६ । सुुनसरीको दुहबीस्थित जयबाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा दुहबीमा चर्किएको आन्दोलन स्थगित भएको छ ।news

    बिहीबार पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, मुस्लिम समुदायको शान्ति–सुरक्षाको ‘ग्यारेन्टी’ गर्नुपर्ने, हत्यारालाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्नुपर्नेलगायतका सहमति स्थानीय प्रशासनसँग भएपछि पीडित परिवारले आन्दोलन स्थगित गरेका हुन् ।

    आन्दोलन स्थगित भएपछि मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ ।

    यता, स्थानीय प्रशासनले हत्यारा खोज्न सुनसरीभर प्रहरी परिचालन गरिएको र सीमा क्षेत्रमा उच्च सर्तकता अपनाइएको जनाएको छ ।

    अहिले सुनसरीको अवस्था सामान्य रहेको सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।

    यसअघि, स्थानीयले बिहीबार पनि धरान–विराटनगर सडकखन्डको दुहबी–सोनापुर क्षेत्र अवरुद्ध पारेर दिनभर प्रदर्शन गरेका थिए । मृतकको शव सडकमै राखेर प्रदर्शन गरिएको थियो ।

    बुधबार बिहान ‘मर्निङवाक’मा गएको समयमा मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले हुसेनमाथि गोली प्रहार गरेका थिए ।

    छातीमा गोली लागेका उनको उपचारका लागि विराटनगरस्थित नोबल अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij