मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बाल क्लवको वार्षिकोत्सवमा पुरस्कृत

  • प्रकाशित मिति : शनिबार, मंसिर ८, २०७५



  • मधु पौडेल, बाँके मङ्सिर ८

    नेपालगञ्ज, मंसीर ८ गते –वडा स्तरीय बाल क्लव सञ्जाल, नेपालगञ्ज उपमहानगरपालिका–१० ले आफनो दोस्रो वार्षिकोत्सवको अवसरमा विवीध कार्यक्रम गरेको छ ।

    अन्तराृष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर सञ्चालित चित्र तथा लेखन प्रतियोगीताका विजेतालाई वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिएको छ ।

    लेखनकलामा प्रथम दिपीका खानाल, दित्तिय रिया सोनी र तृतीय हुन सफल प्रशंसा जीएमलाई उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणा लगायतले पुरस्कार प्रदान गरेका थिए । यस्तै चित्रकलामा प्रथम अनील भुजुवा, दित्तिय श्वेता कनोजीया र तृतिय कमलेश रैदासलाई पनि प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो ।

    पुरस्कार प्रदान गर्दै नगर प्रमुख राणाले अतिरिक्त क्रियाक्लापले बाल विकासमा मद्यत पुग्ने भन्दै बाल कलवको प्रशंसा गरेका थिए । सोही समरोहमा बाल क्लवको संस्थागत विकासमा योगदान पु¥याउने व्यक्ति, संस्था, विद्यालय गरि दुई दर्जनलाई कदर पत्र सहित सम्मान पनि गरियो । सञ्जालका अध्यक्ष ऋतिक शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष विन्दुभुषण बस्नेत, वडा सदस्य वसन्ता जोशी, नर वहादुर विष्ट लगायतले बोलेका थिए ।

    सञजालका सचिव ज्यास्मीन शेषले दुई वर्षको सांगठनीक र प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको गरेका थिए । संगीता बुढाक्षेत्रीद्धारा स्वागत गरिएको कार्यक्रमको सञ्चालन वसन्त वस्नेत र स्वीकृती शर्माले गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij