मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

होटेल व्यवसाय विकासको मेरुदण्ड (Article)

  • प्रकाशित मिति : शनिबार, मंसिर ८, २०७५



  • होटेल व्यवसाय विकासको मेरुदण्ड

    –उमा ग्राण्डन

    प्रदेश नम्वर ५मा रहेको नेपालगंज साविकको मध्यपश्मिाञ्चलको केन्द्र विन्दु तथा प्रमुख व्यापारिक शहर बाँके जिल्लामा अवस्थित पश्चिम नेपालको द्धार ,नेपालगञ्ज, नेपालकै नामबाट स्थापना भएको प्रमुख शहर हो ।

    यो शहर विक्रम सम्वत २०१७ सालमा नेपालगंज नगर पञ्चायतका नामबाट स्थापना भई विस २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो । नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ मंसिर १६ गतेको निर्णयबाट साविकका १० वटा गाउँविकास समिति गाभेर २७ वटा वडा कायम गरि नेपालगंज उपमहानगरपालिका घोषण गरिएको र वि.स.२०७१ असौज १ गते यस जिल्लामा पर्ने पुरैनी गाउविकास समितिलाई समेटी २८ वडा कायम गरीयो र २०७३ फाल्गुन २७ गते साविकाका २८ वडाहरुमा केही वडा मिलाएर २३ वडा कायम गरिएको छ ।

    वडाको कुल क्षेत्रफल ८५÷९४ किलोमिटर रहेको छ । पुर्व–पश्चिम राजमार्गबाट १० किलोमिटर दक्षिणमा पर्ने नेपाल भारत सिमा नाकासंग जोडिनु यो शहरको अर्को विशेषता पनि हो ।

    सुदुर पश्चिमाञ्चल हाल प्रदेश न ६ र ७ का सबै जिल्लालाई संघिय राजधानी काठमाण्डौ संग जोड्ने जिल्लाको पहिलो नगरपालिकाका भएकै कारणले पनि यस उप–महानगरपालिकाको महत्व निकै रहेको छ ।यस नेपालगंजको पुरानो बजारको रुपमा एक्लैन बजारलाई मानिन्छ भने प्रमुख बजारका रुपमा सदरलाईन ,त्रिभुवन चौक,विपी चौक ,धम्वोझी चौक ,घरबारी टोल तथा सुर्खेत रोड रहेको छन । गर्मी मौसममा अत्याधिक तापक्रम ४६÷४७ सम्म पनि हुने गर्दछ भने जोडो मौसममा न्युनतम ५÷४ डिग्री सेल्सीयस सम्म हुने गरेको पाइन्छ । संघिय राजधानी काठमाण्डौबाट ६०० किलो मिटर तथा प्रदेश न. ५ को प्रदेश राजधानी वुटवलबाट २७१ किलोमिटरको दुरीमा रहेको नेपालगंजको भुभाग ८१० .१७०.१४ पुर्व देखी ८२०.४८०.००पुर्वी देशान्तर र २७०.३००.३६ उत्तरदेखी २८०.१२०.०० उत्तरी आक्षांश बिच रहेको छ ।

    यहाँका पर्यटकीय क्षेत्रहरु वाटरपार्क,(९६.०१ ह्ेकटर क्षेत्रफल),बागेश्वरी तलाउन(९०.६५ हेक्टर क्षेत्रफल) रानी तलाउ(९०.६६ हेक्टर क्षेत्रफल)फुल्टेक्रा तलाउ(९६.९४ हेक्टर क्षेत्रफल)महेन्द्र पार्क तथा मिनी जु (९१.२हेक्टर क्षेत्रफल) र बागेश्वरी चिल्ड्रन पार्क(९१.३ हेक्टर क्षेत्रफल ) क्षेत्रफमा रहेका छन ।नेपालगंज उपमहानगरपालिका क्षेत्रसंग सिमाना जोडिएका गाउँ विकास समितिहरु पुर्वमा–डुडुवा गाउपालिका,पश्चिमा–जानकी गाउँपालिका ,उत्तरमा–शमशेरजंग,कोहलपुर नगरपालिका र गनापुर र दक्षिणमा–हिरमिनीया र भारतको सिमाना रहेका छन । वर्तमान नगरपालिकाको तथाङक अनुसार यस नेपालगंज उपमहानगरपालिकाको कुल जनसंख्या १३८९५१ रहेको छ ।
    यसैगरी नेपालगंजका होटलको इतिहासलाई हेर्दा यो पुरानो शहरकेन्द्र भएको हुदाँ साना साना लगानीका होटलहरु सञ्चालन गरीएको थियो भने केही संख्यामा ठुला होटलहरु स्थापना भएका देखिन्छ । यसरी हेर्दा नेपालगंजमा होटलहरुको सञ्चालन के कसरी भयो भन्ने कुरामा जानु भन्दा पनि हामीले होटल व्यवसायी संघको स्थापनाको इतिहासलाई लिन सकिन्छ । होटल व्यवसायी संघ,बाँके,नेपालगंजको स्थापना २०५४ सालमा भएको थियो ।

    वर्तमान अवस्थामा होटल व्यवसायी संघको तथ्याङलाई हेर्दा नेपालगंजमा साना ,मझौला तथा ठुला होटल गरी करीव १०००को हाराहारीमा रहेका छन ।त्यसो त होटलहरु खोल्ने र बन्द गर्नेको संख्या पनि भै नरहेको होइन ।होटलको इतिहाससंग नेपालगंजको विकासमा सहयोग गर्ने तत्वको रुपमा हामीले पर्यटनलाई पनि लिन सकिन्छ, होटल व्यवासयको आर्थिक ,सामाजिक विकासको केन्द्रको रुपमा हामीले पर्यटन संग पनि जोडेर हेर्नु पर्ने भएको हुदाँ नेपालगंजको होटल विकासको इतिहास क्रमिक रुपमा विकास तिर गइरहेको हामीले पाउछौ र जसले गर्दा आज नेपालगंजलाई होटलहरुको शहर भनेर चिनाउन सकिने अवस्था आएको छ ।होटल व्यवासयी संघको मतहातमा रहने गरी नेपालगंजमा रहेका होटलहरुको व्यवस्थापनको लागि विभिन्न टोल समितिहरु गठन गरीएको छ जसलाई होटल व्यवसायीको विकासको दृष्टिकोणले हेर्न सकिन्छ । नेपालगंजका होटलको इतिहासिक विषेशता भनेको यहाँ जस्तो जुनु सुकै प्रकार वा स्तरको पाहुनाहरुलाई सेवा दिन सक्ने खालका होटलहरु हुनु हो ।

    होटलव्यवसायको विषयमा भन्नु पर्दा खास गरी होटल व्यवासयीलाई एक प्रकारले नाफामुखी संस्थाको रुपमा हेरीने भएता पनि यसले सेवाको भावना बोकेको हुन्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी रहेको छ । केन्द्रिय सरकार वा स्थानिय सरकार कही कतै बाट पनि होटल व्यवसायहरुलाई आफ्नोपनले हेरेको पाइदैन । होटलव्यवासयी भित्र रहेका विकृतीहरुलाई हटाउनु पर्दछ यो कुराका हामी कसैको पनि दुईमत नहोला तर होटल व्यवसायमा एउटाले गलत गरेको आधारमा सबैलाई एउटै नजरले हेर्नु पनि सायद न्याय सङगत मानिदैन होला । विगतमा भन्दा वर्तमान अवस्थामा होटल व्यवसायलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आए पनि गरीने व्यवहारमा भने फरक आएको अझै महसुस भएको होटल व्यवसायीहरुले गरेका छैनन । होटलव्यवसायहरुको व्यवसायलाई निरन्तर तथा आर्थिक रुपमा सबल बनाउनका लागि स्थानिय सरकारले पनि विभिन्न होटलको विकासका कार्यक्रम बनाएर अगाडि बढ्नु पर्दछ । होटल व्यवसायलाई बढि नाफामुखी भएको र सेवाप्रदायक संस्थाको नजरले हेरेको पाइदैन जसले गर्दा होटल व्यवसायिहरु आफ्नो व्यवसायलाई धरापमा राख्दै अगाडि बढेको पाइन्छ । होटल व्यवसायीहरुलाई विभिन्न समस्याहरु रहेको पाइन्छ जसले गर्दा होटल व्यवसाय अगाडि बढाउने कि नबढाउने भन्ने देखीन्छ । होटल व्यवस्थापनको लागि होटल व्यवसायी संघले केही मापदण्ड तयार गरेको भए पनि मापदण्डको सबैले पालना गरेका छन त भन्ने प्रश्न पनि उठि रहेको हुन्छ । यसरी हेर्दा होटल व्यवसायीहरुका विभिन्न समस्या रहेका छन ,नेपालगंजका ठुलो होटल बाहेक मध्यम र साना नब्बे प्रतिशत होटल व्यवसायहरुले घर भाडामा लिएर आफ्नो व्यवसाय चलाइरहेको पाइन्छ तर त्यसमा के कति घर भाडा तिर्ने भन्ने छैन मन परी रुपमा घर धनीहरुले भाडा लिने गरेको छन जसलाई होटल व्यवसायीहरुले विकल्प नहुदाँ तिर्न बाध्य भएका छन भने नेपाल सरकार तथा स्थानिय सरकार यस विषयमा मौन रहेको छ । होटल व्यवासायहरुमा खासगरी साना तथा मध्यम खाले होटलहरुमा दक्ष कामदार नपाउने समस्या रहेको छ जसले गर्दा कामदारको अभावमा होटलहरु बन्द हुने अवस्था भएको देखीन्छ ।यसले नेपालगंजको विकासे भविष्यालाई कस्तो असर पर्दछ सम्वन्धित निकायले बुझ्नु पर्दछ । दक्ष कामदार नभएका पनि होइनन तर उनीहहरुको आवश्यकता अनुसार पारिश्रमिक दिन नसकीरहेको अवस्था छ ।

    यसमा नेपाल सरकार तथा स्थानिय सरकारले दक्षकामदारको खपतका लागि होटलहरुलाई उनीहरुको व्यवासायको आधारमा करको व्यवस्थामा केही सहुलित ,व्यवासीय गर्नका लागि सस्तो व्याजमा ऋण तथा कामदार एवं सञ्चालकहरुलाई तालिम लगाएतका विषयहरुमा ध्यान दिनु पर्ने देखीन्छ ।होटल व्यवसायीहरुलाई विद्युतिय सेवा लिए वापत केही सहुलियत तथा छुटै विद्युतिए लाइनको व्यवस्था गर्नु पर्ने देखीन्छ । होटलहरुको स्तरको आधारमा त्यस ठाउँको विकासको आधार ठम्याई हुन्छ भन्ने कुरा सबैल बुझ्नु पर्ने देखीन्छ र स्थानिय देखी लिएर केन्द्रिय सरकारले पनि नेपालगंजलाई हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने हुन्छ । जति जति होटलहरुकको विकास हुन्छ त्यत्ति नै त्यस ठाउँको अन्य पुर्वाधारको विकास हुन सक्छ भन्ने कुरामा सरोकार निकायले बुझ्न जरुरी छ । होटल व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा धेरै अन्तरआएको मैले पाएको छु । सुरुसुरुमा होटल व्यवसायीको परिचयलाई लिएर विभिन्न टिका टिप्पणी पनि हुने गरेको पाइन्थ्यो ।होटल व्यसायीलाई सम्वोधन गर्ने विषयमा पनि निकै छलफल तथा अन्तरक्रिया हुने गरेको छ । वैदेशिक रोजगारी देखी लिएर विभिन्न अवसरहरुको सृजना होटल व्यवसायमा सम्वन्धीत हुदाँ नेपालगंजमा विभिन्न होटल व्यवस्थापन तथा यस संग सम्वन्धीत विषयहरुमा अध्यायन अध्यापन हुने गरेका पाइन्छ जसका कारणले नयाँ युवाहरु यस पेशा तर्फ विगत भन्दा केही बढि आकर्षण बढेको पाइन्छ जसलाई स्थानिय सरकारले सम्वोधन गर्नु पर्दछ ।नेपालगंज शहरको विकासको मुख्य द्धारको रुपमा रहेको होटल व्यवसायलाई वर्तमान सरकार तथा स्थानिय निकायले विकासको मेरुदण्डको रुपमा लिनु पर्दछ । पुरानै सोचमा हुर्की रहेको हाम्रो समाजले होटल व्यवसायलाई उहि होटलवलाको दर्जा दिएको पाइएता पनि केही मात्रमा अहिलेको अवस्थामा परिवर्तन भएको पाइन्छ र सोचमा परिवर्तन आउनु पनि पर्दछ । उसो त होटल व्यवसायीहरुले अप्रत्येक्ष रुपमा सामाजिक सेवा गर्दै आइरहेको विगतको अभ्यास भएता पनि अहिले आएर प्रत्येक्ष रुपमा सामाजिक सेवामा सहभागि भएको पाइन्छ । नेपालगंज नै त्यस्तो शहरको हो जसलाई होटलहरुको शहरको रुपमा चिनेको पाइन्छ अहिले पनि हरेक प्रकारका राष्ट्रिय अन्तराष्ट्रिय कार्यक्रमहरु गर्न र गराउन सकिने क्षमताका होटलहरुको विकास भएको पाइन्छ ।

    नेपालगंज शहरको मुख्य विकासको पतवार भनेको होटल व्यवसाय हो भन्ने विषयलाई सबैले मनन तथा यसलाई व्याख्या गर्नु आजको आवश्यकता हो । जय होटल व्यवासयी
    (लेखक नेपालगंज होटल व्यवसायी संघको वरिष्ट उपाध्यक्ष हुन)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij