प्रकाशित मिति : सोमवार, मंसिर १०, २०७५
लगानी बोर्डले मुस्ताङ र रसुवामा २७५ मेगावाट सोलार उत्पादनको सर्वेक्षण गर्न अनुमति दिएको छ।
आइतबार साँझ बसेको बोर्ड बैठकले मुस्ताङको लोमान्थाङमा १५० र रसुवाको चिलिमेमा १२५ मेगावाट सोलार राख्नका लागि सर्वेक्षण गर्न डोल्मा फन्ड म्यानेजमेन्टलाई अनुमति दिएको हो।
डोल्माले वर्षदिनभित्र सर्वे र अध्ययनको काम सक्ने बताएको छ। यो आयोजना बनाउन २० अर्ब रूपैयाँ लाग्नेछ। नेपाल विद्युत प्राधिकरणसँग उर्जा खरिद सम्झौता (पिपिए) भएको दुई वर्षभित्र बिजुली उत्पादन गर्ने डोल्मा फन्ड म्यानेजमेन्टले जनाएको छ।
यी दुबै आयोजना सम्पन्न भए नेपालमा सौर्य ऊर्जा उत्पादन गर्ने ठूला आयोजना बन्नेछन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij