प्रकाशित मिति : सोमवार, मंसिर १०, २०७५
मधु पौडेल,नेपालगंज,२०७५-०८-१०
विगत लामो समय देखी गठन हुन नसकेको महेन्द्र बुहुमुखी क्याम्पस बाके नेपालगंजमा नेपाली विषयका विभागिय प्रमुख अध्यक्ष रहने गरी १२ सदस्यीय साहित्य समाज गठन भएको छ ।
क्याम्पसका नेपाली विषयका विभागिय प्रमुख डम्वर पुनको अध्यक्षमा उपाध्यक्ष पदम बुढथापा,सचिवमा धुव्रराज जोशी ,सहसचिवमा चक्र रिमाल,कोषाध्यक्षमा दिव्या सुनार रहेका छन भने सदस्यहरुमा क्रमशःविष्णु प्रसाद न्यौपाने,माधव खत्री,राजेन्द्र दर्लामी,कैलाश सुवेदी,लोकश प्रोख्रल,हेमराज देवकोटा,कृष्ण ओली,कमल प्रसाद अधिकारी,सिप्रस सिहं सिजापति,लाल बहादुर चौधरी,महेश उपाध्याय तिमिल्सेना रहका छन । सहित्याकार एवं उपप्राध्यापक हरिप्रसाद तिमिल्सेनाको प्रमुख अतिथिमा गठित सो समितिले आगामी दिनहरुमा साहित्य सम्वन्धी विभिन्न क्रियाकलापहरु गर्ने जनाएको छ ।
वि.सि. २०५७ सालमा गठन भएको उक्त समिति केही वर्ष देखी क्रियाशिल रहेको नभएको सहित्यकार एवं उपप्राध्यापक हरिप्रसाद तिमिल्सेनाले जानकारी दिएका छन ।कार्यक्रममा बहेन्द्र बहुमुखी क्याम्पस नेपाली शिक्षा विभागका विभागिय प्रमुख इन्द्रबहादुर भण्डारी ,क्याम्पसका शिक्षक एवं प्रत्रकार मधु पौडेल, विभिन्न विद्यार्थी संगठनका नेता तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij