आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ११, २०७५



  • कोटेश्वर–कलंकी सडकको निर्माण कार्य सकिएको छ।

    सडक निर्माणको काम पूरै सकिएको काठमाडौं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए। दस दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले गरेको हो।

    ‘सडक निर्माण कार्य सकिएपछि अहिले सडक चिन्ह लगाउने काम भइरहेको छ’, उनले भने, ‘सडक चिन्ह सकिएपछि नेपाल सरकारलाई सडक हस्तान्तरण हुनेछ।’

    सडक निर्माणका क्रममा एक तहको कालोपत्रे सकिएपछि दोस्रो चरणको कालोपत्रे भएको योजनाले जनाएको छ।

    दोस्रो चरणको कालोपत्रे सकिएपछि सडकमा विभिन्न चिन्ह लगाइएको हो। अहिले छुट भएका वा कतै समस्या आएका ठाउँमा काम भइरहेको छ र उनले भने, ‘केही दिनमा यसको सम्पूर्ण कार्य सकिन्छ।’

    यो सडक खण्डमा चिनियाँ सरकारले जिम्मा लिएको काम सकिँदा नेपाल सरकारले जिम्मेवारी लिएको काम कतै अघि बढेको छ, भने कतै अघि बढ्न सकेको छैन। आठ लेन सडक भन्दा बाहिर दुबैतर्फ एक एक लेनको सर्भिस ट्र्याक(सेवा सडक) निर्माण नेपाल सरकारले जिम्मेवारी लिएको हो। यसमा केही स्थानमा मात्र काम अघि बढेको छ।

    सर्भिस ट्रयाकमा पर्ने घर टहरा नहट्दा कतिपय ठाउँमा काम हुन सकेको छैन। यो सडकमा १० वटा आकाशे पुल छन्। चिनियाँ सरकारले जिम्मेवारी लिएका तीन पुलको निर्माण सम्पन्न भइसकेको छ।

    उनले भने, ‘नेपाल सरकारले गर्ने भनिएका आकाशे पुलमा कतै काम अघि बढे भने कतै ठेक्काको प्रक्रियामा छ।’

    चार वर्ष पहिले ४० महीनामा निर्माण सम्पन्न गर्ने गरेर सडक निर्माण सुरू भएको थियो।

    गत वर्ष नै सक्ने गरेर नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो। विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा समयमा काम नसकेको जनाएको छ । त्यसपछि सरकारले एक वर्ष अवधि थप गरेको थियो।

    थप भएको अवधि (आगामी डिसेम्बर) भित्रै सरकारलाई हस्तान्तरण गरिने योजना छ। नेपालमा पहिलो पटक बनेको ‘अण्डर पास’(भूमिगत सडक)लाई यो सडकको विशेषता मानिएको छ। भूमिगत सडक खसी बजारचोकदेखि कलङ्कीसम्मको सडक निर्माण सम्पन्न भएर सञ्चालनमा समेत आइसकेको छ। सडकको मुख्य लेन माथि सडकमा र सहायक लेन जमlनमुनि छ।

    निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ। अदक्ष कामदारमा नेपाली र चिनियाँ दुबै छन्। सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ सरकारले कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक निर्माण गर्न इच्छा देखाइसकेको छ।

    सडक निर्माणका क्रममा काम गर्ने स्थान खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएको योजनाले जनाएको छ। पाइपलाइन, विद्युतका खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा ढिलाइ भइरहको छ। सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा रहेका घरटहरा भने अझै हटेका छैनन्।

    यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन्। चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि सर्भिस ट्रयाक समेत गर्दा यो सडक १० लेनको हो। सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुबैतर्फ सहायक लेन छन्। चक्रपथ छिर्न सर्भिस ट्रयाक पनि छन्। जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन्।

    दश दशमलव ४ किलोमिटरको उक्त सडकमध्ये सात दशमलव छ किलोमिटर काठमाडौं र दुई दशमलव आठ किलोमिटर सडक ललितपुरमा पर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij